खानेपानी मन्त्रीलाई विद्यार्थीले देखाए कालो झण्डा


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले कालो झण्डा देखाएर विरोध जनाएका छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई बुधबार बिहान कालो झण्डा देखाइएको हो । संसद् विघटन भएपछि थापा खानेपानी मन्त्रीमा नियुक्त भएका हुन् ।

अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ । सोही कार्यक्रमअन्तर्गत नै मन्त्री थापालाई कालो झण्डा देखाइएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com