दिउँसै लालटिन बालेर संसद् विघटनको विरोध


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रदर्शन गरेका छन्।

अनेरास्ववियुले रञ्जित तामाङकाे नेतृत्वमा बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेकाे हो । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद् विघटनको धारा खै ?’ लगायत नारा तथा ब्यानरसमेत प्रदर्शन गरेका छन् ।

संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विभाजित अनेरास्ववियु सडकमा आएको हो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com