एक्जिट पोल : काँग्रेस १०६, एमाले १००, माओवादी ४८


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

एबीसी टेलिभिजन नेपालले नेपालको इतिहासमा पहिलोपटक एक्जिट पोलमार्फत स्थानीय तहको चुनावी परिणामको आँकलन सार्वजनिक गरेको छ । चुनावमा मतदान गरेका व्यक्तिलाई कसरी मतदान गरे भन्ने प्रश्न सोधेर एक्जिट पोल तयार गर्ने विश्वब्यापापी प्रचलन रहदै आएपनि नेपालको मिडियाको इतिहासमा भने यो नौलो प्रयोग हो ।

एबीसी टेलिभिजनले विभिन्न आयामको अध्ययनपछिको मूल्यांकनबाट एक्जिट पोल तयार गरेको जनाएको छ । एक्जिट पोल अनुशार पहिलो चरणको स्थानीय निर्वाचनमा चुनाव भएका २८३ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका र गाउँपालिका मध्ये १०६ स्थानमा नेपाली काँग्रेसले मुख्य पदमा विजय हासिल गर्ने जनाइएको छ ।

एक्जिट पोल कसरी तयार पारियो ? यसको प्रभाव के पर्ला ? विशेष विश्लेषण यहाँ हेर्नुहोला र्। एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल, समाचार प्रमुख सुरेश आचार्य, राजनीतिज्ञ रमेशनाथ पाण्डे, संचारकर्मी प्रतिक प्रधानसँग किशोर पन्थीको कुराकानी ।

त्यस्तै एमालेले १०० स्थानमा र माओवादीले ४८ स्थानमा विजय हासिल गर्ने एक्जिट पोलको दावी छ । राप्रपा ३ , जनमोर्चा १, नेमकिपा १ र अन्यले १ मा विजय हासिल गर्ने एक्जिट पोलले जनाएको छ । अन्य २३ स्थानमा भने अनिर्णित अवस्था रहेको छ जहाँ कतिपय ठाउमा काँग्रेस र एमालेको तथा कतिपय ठाउँमा माओवादीसँगको तीब्र प्रतिस्पर्धा रहेको छ ।

४ महानगरमध्ये २ स्थानमा काँग्रेस, १ स्थानमा माओवादी, १ स्थानमा एमाले र हेटौडा उपमहानगरपालिकामा काँग्रेस र माओवादी गठबन्धनले चुनाव जित्ने एक्जिट पोलको अनुमान छ । ९१ नगरपालिकामध्ये ३८मा काँग्रेस, ३७ मा एमाले र ९ मा माओवादीले जित्ने जनाइएको छ ।


© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com