अनेरास्ववियूको दोस्रो चरणका आन्दोलनः प्रधानमन्त्रीको पुत्ला दहनदेखि बयलगाडा प्रदर्शनसम्म


प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार

नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अनेरास्ववियूले दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमविरुद्ध यही पुस २१ गतेदेखि २९ गतेसम्म दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रमअनुसार आज सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ भने भोली काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन वा सिटी वा लाठी जुलुस निकाल्ने बताइएको छ ।

यस्तै, २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन, २७ गते प्रतिगमनको बिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम भने माघ १ गते सार्वजनिक गरिने अनेरास्ववियूले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com