न्युयोर्कका नेपाली डा. शाहको भ्याक्सिन अनुभव: ‘दुई दिन ज्वरो आयो, तीन दिन शरीर दुख्यो’


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह ।

न्युयोर्क निवासी नेपाली मूलका डाक्टर विनोद शाहले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि आफूलाई दुईदिनसम्म ज्वरो आएको र झण्डै तीन दिनसम्म शरीर दुखेको बताउनुभएको छ । डिसेम्बर २९ मा दिउसो ३ बजे कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेपछि आफूमा ज्वरो आउने र शरीर दुख्ने खालको साइड इफेक्ट देखिएपनि गम्भिर खालको कुनै साइड इफेक्ट नदेखिएको उहाँले जानकारी दिनुभयो ।

भ्याक्सिन लगाइसकेपछि आधाघण्टा कुनै नकारात्मक प्रतिकृया हुने नहुने निरिक्षण गरिने भएपनि आफूलाई त्यस्तो कुनै एलर्जिक प्रतिकृया भने नभएको उहाँले बताउनुभयो । राती १० बजेदेखि अलिअलि जिउ दुख्न सुरु गरेपनि भोलिपल्ट भने शरीर एकदमै दुखेको र एकसय डिग्री फरेनहाइटसम्म ज्वरो आएको उहाँले बताउनुभयो ।

दुई दिन निद्रा नलाग्ने, माशंपेशी दुख्ने र ज्वरो आउने समस्या भएपनि तेश्रो दिन भने सबै ठीकठाक भएको र ८० प्रतिशत निको भएको उहाँले बताउनुभयो । कुनै पनि भ्याक्सिन लगाउँदा जिउ तात्ने र पाखुरा दुख्ने हुनसक्ने भएकाले यसलाई सामान्य रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अलिअलि ज्वरो आएपनि र पाखुरा दुखेपनि त्यसले गर्ने फाइदा हेर्नुपर्ने तथा यस्तो प्रकारको प्रतिकृया देखिएपनि आत्तिन नहुने उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो – ‘एलर्जिक प्रतिकृयाबाहेक सामान्य प्रतिकृयाबाट नआत्तिकनै ज्यानै जोगाउने भ्याक्सिन लिन कोहीपनि हिचकिचाउनु हुँदैन ।’

डाक्टर शाह न्युयोर्कको वेष्टचेस्टर काउन्टीको स्कारडेल निवासी डाक्टर शाह न्युयोर्कको योंकर रिभरसाइडमा रहेको सेन्ट जोन्स अस्पतालमा समेत कार्यरत हुनुहुन्छ । उहाँ कोरोना संक्रमण भएर सिकिस्त बिरामी भई अस्पतालमा भर्ना समेत हुनुभएको थियो । केही समयको उपचारपछि उहाँ निको भएपनि लामो समय फोक्सोमा समस्या देखिएको थियो ।

डाक्टर विनोद शाहको भ्याक्सिन अनुभव सोमबार बेलुका न्युयोर्क समय राती ९ बजे खसोखासमा लाइभ हेर्ने प्रयास गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com