अमेरिकी राजनीतिमा महत्वपूर्ण आगामी ४ दिन: सिनेटमा बहुमतको टुंगोदेखि राष्ट्रपतिको घोषणासम्म


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

अमेरिकाको राजनीतिमा यो साता निकै महत्वपूर्ण हुने भएको छ । ११७ औं संसदको सुरुवातदेखि सिनेटमा कुन दलको बहुमत हुने भन्नेकुराको निर्धारणमात्र होइन संसदबाट नवनिर्वाचित अमेरिकी राष्ट्रपतिको औपचारिक घोषणा पनि यसै साता हुनेछ । 

आइतबार दिउसोसम्म अमेरिकाको ११७ औं संसदका सदस्यहरुले आफ्नो पदभार ग्रहण गर्नेछन् । भने आइतबारै प्रतिनिधिसभामा सभामुखको निर्वाचन हुने भएको छ ।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेन जर्जियाको चुनावमा भोट माग्न जाने भएका छन् । ट्रम्प डाल्टनमा जानेछन् भने बाइडेन एटलान्टामा जानेछन् । मंगलबार हुने चुनावको पूर्वसन्ध्यामा चुनावी अभियानको अन्तिम प्रयास स्वरुप ट्रम्प र बाइडेन जर्जिया जाने भएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार नै अमेरिकामा कोरोनाबिरुद्धको फाइजरको भ्याक्सिनको पहिलो डोज लगाएकाहरुका लागि दोश्रो डोज लगाउने मिति हो । अमेरिकामा अहिलेसम्म झण्डै ४२ लाखले कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज प्राप्त गरिसकेका छन् । एक करोड ३० लाख डोज विभिन्न स्थानमा डेलिभर भइसकेको छ ।

मंगलबार जर्जियामा हुने चुनावले अमेरिकी सिनेटमा कुन दलको बहुमत कायम हुने भन्ने कुराको निर्धारण गर्नेछ । चुनावमा रिपब्लिकन उम्मेदवारहरु डेभिड पर्डयु र केली लोफ्लर मैदानमा रहेका छन् । त्यस्तै डेमोक्रेटिक उम्मेदवारहरुमा जोन ओसफ र राफल वार्नक मैदानमा छन् ।

सिनेटमा अहिले ४८ सिट डेमोक्रेटिक पार्टीले र ५० सिट रिपब्लिकन पार्टीले जीतेका छन् । जर्जिया दुबै सिट डेमोक्रेटिक पार्टीका उम्मेदबारले जीतेमा उपराष्ट्रपतिले गर्ने टाइब्रेक मतका आधारमा सिनेटमा डेमोक्रेटिक पार्टीको नियन्त्रण हुनेछ ।

बुधबार संसदको संयुक्त सदनले राष्ट्रपतिका लागि प्राप्त इलेक्टोरल मतहरु औपचारिक रुपमा गणना गरेर औपचारिक रुपमा निर्वाचित अमेरिकी राष्ट्रपतिको घोषणा गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com