आजदेखि ११७ औं संसदः महिला, अल्पसंख्यक र समलिंगीको सहभागितामा इतिहासकै विविध


प्रकाशित मिति : पुस १९, २०७७ आईतबार

आजदेखि अमेरिकाको ११७ औं संसद सुरु हुँदैछ । यो संसद महिला, अल्पसंख्यक र समलिंगी तथा तेश्रो लिंगीहरुको सहभागिताका सन्दर्भमा इतिहासमा नै सबैभन्दा धेरै विविध संसद हुने भएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभामा निर्वाचित हुने रिपब्लिकन महिला सांसदको संख्याले पनि रेकर्ड ब्रेक गरेको छ ।

संसदमा यसपटक पहिलोको रेकर्ड समेत धेरैले कायम गरेका छन् । वासिंटन राज्यबाट प्रतिनिधिसभामा पहिलोपटक अश्वेत महिला निर्वाचित भएकी छिन् भने वायोमिंगबाट पहिलोपटक महिला सिनेटरले प्रतिनिधित्व गर्दैछिन् । त्यस्तै ओक्लोहोमाबाट पहिलोपटक इरानियन अमेरिकन सांसद निर्वाचित भएकी छिन् ।

नोभेम्बर ३ मा सिनेटरका लागि एकसयमध्ये ३५ सिटमा निर्वाचन भएको थियो भने प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो । निर्वाचित सांसदहरुले आज सपथग्रहण गर्दैछन् भने प्रतिनिधिसभामा सभामुखका लागि निर्वाचन समेत हुने भएको छ । नयाँ संसदको सुरुवातको मिति संविधानले नै तय गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिनेट र प्रतिनिधिसभामा केही सिटहरु भने अझै पूर्ति हुन बाँकी रहेको छ । जनवरी ५ मा जर्जियामा हुने निर्वाचनले २ जना सिनेटरको संख्या पूर्ति गर्नेछ । नोभेम्बर ३ को चुनावपछि सिनेटमा ४८ जना डेमोक्र्याट्स र ५० जना रिपब्लिकन सांसद रहेका छन् । त्यस्तै प्रतिनिधिसभामा न्युयोर्कको २२ औं डिस्ट्रिक्टबाट सांसदको संख्या पूर्ति हुन बाँकी रहेको छ । मतान्तर निकै कम भएपछि त्यहाँ अदालतले पुन मतगणनाको आदेश दिएको छ । त्यस्तै आयोवाको सेकेण्ड डिस्ट्रिक्टमा पनि झिनो मतान्तर रहेपछि विवाद रहेको छ ।

आज प्रतिनिधिसभामा नवनिर्वाचितहरुको सपथग्रहण र सभामुखका लागि चुनाव विभिन्न सात समुहमा हुने भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचितहरुमा केही पूराना अनुहारहरु रहेका छन् भने केही नयाँ अनुहारहरु थपिएका छन् । डेमोक्र्याट्सको सिट संख्या २३३ बाट घटेर २२२ मा झरेको छ ।

प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक सांसदहरु २२२ जना रहेको र त्यसमा पनि २ जना अनुपस्थीत रहने भएकाले सभामुख चयनमा मतदान कसिलो हुने देखिएको छ । सबै मत प्राप्त भएमा न्यान्सी पेलोसीले २२० मत प्राप्त गर्नेछिन् ।

दुईजना डेमोक्रेटिक सांसदहरु कोरोना संक्रमणका कारण उक्त प्रकृयामा सहभागी हुन नसक्ने भएकाले झिनो बहुमतले सभामुखको चयन हुने देखिएको छ ।सम्भवत सभामुख पदमा पेलोसीको आगामी कार्यकाल नै उनको अन्तिम कार्यकाल हुनेछ । पेलोसीले आफू निर्वाचित हुनका लागि मतको अभाव नहुने दृढता व्यक्त गरिसकेकी छिन् । सबै ठीकठाक नै हुने उनले बताएकी छिन् ।

बैठकमा उपस्थीत हुन नसक्नेहरुले घरबाटै मतदान गर्न पाउने प्रोक्सी मतदानको व्यवस्था समाप्त भइसकेकाले नयाँ संसदमा यस्तो व्यवस्था गर्नका लागि पुन मतदान हुनुपर्नेछ । नयाँ प्रतिनिधिसभाले यस्तो व्यवस्थाका लागि मतदान गर्ने भएकाले आइतबार उपस्थीत हुन नसक्नेहरुले सभामुख चयनमा सहभागी हुन पाउनेछैनन् ।

आजको प्रकृयापछि सिनेट र प्रतिनिधिसभाका सदस्यहरु जनवरी ६ मा भेट्ने छन् । जनवरी ६ मा संसदको संयुक्त सदनले राष्ट्रपतिका लागि इलेक्टोरल मतहरु औपचारिक रुपमा गणना गर्नेछ । माइक पेन्सको अध्यक्षतामा यो काम हुनेछ । पेन्सले अल्फावेटिकल अर्डरमा राज्यका प्रमाणपत्रहरु खोल्नेछन् । र, चारजना गणकहरु समक्ष पेश गर्नेछन् । ४ जना गणकहरु दुईजना हाउसबाट र दुईजना सिनेटबाट हुनेछन् । बाइडेनले २७० इलेक्टोरल मत प्राप्त गर्नासाथ पेन्सले विजेता घोषणा गर्नेछन् ।

यो प्रकृया संघीय कानुनले तोके अनुशार हुनेछ । च्याम्बरमा स्पीकरको कुर्सीमा माइक पेन्स बस्नेछन्, न्यान्सी पेलोसी बायातिर बस्नेछिन् भने ४ जना गणकहरु क्लर्कको डेस्कमा बस्नेछन् । संसदको यो संयुक्त सेसन गणना पूरा नहँदासम्म र परिणाम सार्वजनिक नगर्दासम्म जारी रहन्छ । चुनावको परिणाम घोषणा गरेपछि जनवरी २० मा सपथग्रहणको कार्यक्रममात्र बाँकी रहन्छ ।

इलेक्टोरल मत गणनाको बेलामा संसदमा कुनै पनि बहस र विवादलाई स्थान दिइदैन । तर परिणाम घोषणा गरिएपछि संसदका सदस्यहरुले आफ्नो भनाई राख्न सक्छन् । कुनै पनि राज्यको परिणामबारेको कुनै असहमति भएमा कम्तीमा एकजना सिनेटर र एकजना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरेर लिखित रुपमा पेश गर्नुपर्छ । हरेक सांसदले एकपटकमात्र बोल्न पाउँछन् भने ५ मिनेटमा आफ्नो भनाई सक्नुपर्छ । २ घण्टापछि बहस समाप्त हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com