प्रदेश-२ का संसदीय दलका नेता मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता


प्रकाशित मिति : पुस १७, २०७७ शुक्रबार

नेकपाका प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई चिरामा विभाजन भएको नेकपामा संस्थापन पक्ष (प्रचण्ड-नेपाल)ले मण्डलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको हो । ओली समूहमा खुलेर लागेका नेता मण्डलविरुद्ध संस्थापन पक्षका नेता शत्रुधन महतोको अगुवाइमा रामकुमार यादवमार्फत अविश्वास प्रस्ताव दर्ता गराइएको हो ।

प्रदेश २ मा नेकपाको ३२ जना सांसद छन् । त्यसमध्ये १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको बताइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com