कोरोना महामारीका १ बर्ष : डिसेम्बर ३१ देखि डिसेम्बर ३१ सम्म


प्रकाशित मिति : पुस १६, २०७७ बिहीबार

आजकै दिन एकबर्ष अगाडि चीनको वुहानमा नयाँ खालको निमोनियाका केसहरु भेटिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको थियो । त्यसयता विश्वभर फैलिएको कोरोना महामारीले १८ लाख भन्दा बढीको ज्यान लिइसकेको छ भने ८ करोड भन्दा बढी संक्रमित भइसकेका छन् । नयाँ बर्ष सुरु हुँदै गर्दा भ्याक्सिन वितरणसँगै केही आशाका किरणहरु पनि देखिएका छन् तर महामारी अझै सकिएको छैन । हामीले एकबर्षको अन्तरालका मुख्य घटनाको टाइमलाइन तयार पारेका छौं ।

डिसेम्बर ३१, २०१९
चीनको वुहानमा नयाँ खालको निमोनियाका केसहरु भेटिएको विश्व स्वास्थ्य संगठनबाट जानकारी ।

जनवरी १, २०२०
बिक्रि गरिएका जंगली जनावरहरुबाट भाइरस फैलिएको आशंकापछि चीनका स्वास्थ्य अधिकारीहरुबाट वुहानमा सिफुडको होलसेलमार्केट बन्द ।

जनवरी ५, २०२०
वुहानमा भेटिएको अज्ञात निमोनिया सार्स वा मर्सका कारण नभएको चीनको घोषणा । महामारी सुरु भएको जानकारी ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी ७, २०२०
नयाँ कोरोनाभाइरस पत्ता लागेको चीनको घोषणा ।

जनवरी ११, २०२०
कोरोना भाइरसबाट चीनमा पहिलोपटक ६१ बर्षका व्यक्तिको मृत्यु भएको जानकारी ।

जनवरी १७, २०२०
चीनमा कोरोनाबाट दोश्रो व्यक्तिको मृत्यु । अमेरिकाबाट न्युयोर्क, सान फ्रान्सिस्को र लस एन्जलसमा आउनेहरुको जाँच सुरु ।

जनवरी २०, २०२०
चीनमा तेश्रो मृत्यु । १३९ मामलाहरु भेटिएको पुष्टी । विश्व स्वास्थ्य संगठनबाट जापान, दक्षिण कोरिया र थाइल्याण्डमा कोरोना भेटिएको पुष्टी । अमेरिकाको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानबाट कोरोनाबिरुद्धको भ्याक्सिनका लागि काम सुरु गरेको जानकारी ।

जनवरी २१, २०२०
अमेरिकाको वासिंटन राज्यमा पहिलोपटक कोरोना संक्रमण पुष्टी ।

जनवरी २३, २०२०
चीनको वुहानमा आंशिक लकडाउन । चाइनिज नयाँ बर्षका कार्यक्रम स्थगित ।

जनवरी २८, २०२०
चीनका राष्ट्रपति र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच भेट । चीनमा अनुसन्धानका लागि टोली पठाउने सहमति ।

जनवरी २९, २०२०
भाइरसको निगरानी र फैलावट रोक्न ह्वाइटहाउसबाट टास्क फोर्सको घोषणा ।

जनवरी ३०, २०२०
अमेरिकामा व्यक्तिबाट व्यक्तिमा कोरोना संक्रमण फैलिएको पुष्टी ।

जनवरी ३१, २०२०
विगत १४ दिनमा चीनको भ्रमण गरेका र चीनबाट आउनेहरुलाई अमेरिकामा यात्रा प्रतिबन्धको घोषणा ।

फरबरी २, २०२०
फिलिपिन्समा कोरोनाबाट एकजनाको मृत्यु । चीनबाहिर कोरोनाबाट मृत्युको पहिलो घटना ।

फरबरी ४, २०२०
डायमण्ड प्रिन्सेस क्रुजसिपमा संक्रमण पुष्टी । क्रुजसिप क्वारेन्टीनमा ।

फरबरी ६, २०२०
अमेरिकामा कोरोना भाइरसबाट पहिलो मृत्यु । क्यालिफोर्नियाको सान्ता क्लारा काउन्टीका व्यक्तिको मृत्यु ।

फरबरी ११, २०२०
विश्व स्वास्थ्य संगठनबाट कोभिड १९ नामाकरण ।

फरबरी १७, २०२०
कोरोनाबाट अमेरिकाको क्यालिफोर्नियामा दोश्रो व्यक्तिको मृत्यु ।

फरबरी २५, २०२०
युरोपमा कोरोनाको महामारी तीब्र । इटलीबाट कैयन क्षेत्रमा पूर्ण लकडाउनको घोषणा ।

फरबरी २९, २०२०
वासिंटन राज्यमा कोरोनाबाट बिरामीको मृत्यु ।

मार्च ९, २०२०
इटलीमा सम्पूर्ण देशमा लकडाउनको घोषणा ।

मार्च ११, २०२०
विश्व स्वास्थ्य संगठनबाट कोरोनालाई महामारीको घोषणा । अमेरिकामा युरोपबाट आउने अमेरिकी नागरिक र ग्रिनकार्डबाहक बाहेक अन्यलाई ३० दिने प्रतिबन्धको घोषणा ।

मार्च १३, २०२०
राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अमेरिकामा संकटकालको घोषणा ।

मार्च १८, २०२०
ट्रम्पबाट निशुल्क परीक्षण र आपतकालिन विदाको रकम तिर्ने राहत प्याकेजमा हस्ताक्षर ।

मार्च २५, २०२०
अमेरिकी संसदबाट २ ट्रिलियनको राहत प्याकेज पारित । जसमा जुलाई ३१ सम्म बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ६ सय र निश्चित आम्दानी हुनेलाई १२ सय डलरको राहत चेक समेटिएको थियो ।

मार्च २७, २०२०
अमेरिकी राष्ट्रपति ट्रम्पबाट राहत प्याकेजमा हस्ताक्षर ।

अप्रिल २, २०२०
अमेरिकामा ६६ लाखबाट बेरोजगारी विमाको आवेदन । विश्वभर संक्रमितको संख्या १० लाख बढी ।

अप्रिल ३, २०२०
बिरामी नभएकाले मास्क लगाउनुनपर्ने नियम उल्टाएर ट्रम्प प्रशासनबाट कपडाले मुख छोपेर हिड्न सुझाव ।

अप्रिल ८, २०२०
७६ दिनको लकडाउनपछि चीनको वुहान खुल्ला

अप्रिल १४, २०२०
विश्व स्वास्थ्य संगठनलाई सहायता रोक्ने ट्रम्पको घोषणा

अप्रिल २८, २०२०
अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख ।

मे १, २०२०
अमेरिकाको एफडीएबाट अस्पतालमा सिकिस्त भएर भर्ना भएका कोरोनाका बिरामीहरुको प्रयोगका लागि रेम्डिसिभियर औषधीको आपतकालिन प्रयोगको अनुमति ।

मे २३, २०२०
चीनमा लक्षण देखिएका कोरोना संक्रमणका नयाँ मामला शुन्य ।

मे २७, २०२०
कोरोना संक्रमणबाट अमेरिकामा १ लाखको मृत्यु ।

जुन ११, २०२०
अमेरिकामा कोरोना संक्रमितको सख्या २० लाख ।

जुन २६, २०२०
विश्वभर २ बिलियन कोरोनाबिरुद्धको भ्याक्सिनका डोजहरु उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनको घोषणा ।

जुलाई २७, २०२०
कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनबाट तेश्रो चरणको परीक्षण सुरु ।

अगस्त ११, २०२०
तेश्रो चरणको क्लीनिकल परीक्षण नगरिकनै रुसका राष्ट्रपतिबाट सर्वसाधारणको प्रयोगका लागि स्पुत्निक भी भ्याक्सिन स्वीकृत गरेको घोषणा ।

अगस्त १५, २०२०
रुसबाट भ्याक्सिनको उत्पादन सुरु ।

अगस्त २७, २०२०
अमेरिकन सीडीसीबाट अक्टोबरको अन्त्यसम्म कोरोनाबिरुद्धको भ्याक्सिन वितरणका लागि तयार रहन जनस्वास्थ्य अधिकारीहरुलाई सुचित ।

अक्टोबर २, २०२०
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टी ।

डिसेम्बर ११, २०२०
अमेरिकामा कोरानाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगका लागि एफडीएको स्वीकृति ।

डिसेम्बर १४, २०२०
अमेरिकामा कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन वितरण सुरु ।

डिसेम्बर १८, २०२०
एफडीएबाट कोरोनाबिरुद्धको दोश्रो भ्याक्सिन मोडेर्नाको प्रयोगका लागि स्वीकृति ।

डिसेम्बर २१, २०२०
कोरोनाबिरुद्धको दोश्रो भ्याक्सिन मोडेर्नाको वितरण सुरु ।

डिसेम्बर ३१, २०२०
अमेरिकामा २८ लाखलाई कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज प्रदान ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com