निर्वाचनप्रति पर्यटकको रुचि


प्रकाशित मिति : बैशाख ३१, २०७४ आईतबार

-सिवी अधिकारी

पाटन (ललितपुर), ३१ वैशाख । नेपालमा दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनलाई विदेशी पर्यटकले पनि निकै रुचिपूर्वक अवलोकन गरेका छन् ।

प्रमुख पर्यटकीय गन्तव्यमा अवलोकन भ्रमणका लागि विभिन्न मुलुकबाट आएका विदेशीले पर्यटकीयस्थल भ्रमणका क्रममा स्थानीय निर्वाचनको अवलोकन गरेका हुन् । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्र वसन्तपुर दरबार, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार क्षेत्रमा घुम्ने पर्यटकले आसपासका निर्वाचन केन्द्रमा भइरहेको मतदानको उत्सुकताका साथ जिज्ञासा शान्त पार्ने र तस्बिर खिंच्ने काममा व्यस्त देखिन्थे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदान भइरहेको स्थल पाटन दरबार क्षेत्रमा भेटिएका स्विट्जरल्यान्ड, नेदरल्यान्डस, अस्ट्रियालगायत देशका पर्यटकले नेपालमा शान्तिपूर्ण वातावरणमा व्यस्थित रुपमा भएको निर्वाचन हेरेर खुसी लागेको प्रतिक्रिया दिए । उनीहरुले मतदानस्थलमा महिला र पुरुषको भिन्न भिन्न लाइनमा शान्तपूर्वक मतदान गरिरहेको दृश्यलाई तस्बिरमा कैद गर्नका साथै केही मतदातासँग भलाकुसारी पनि गरेका थिए ।

स्विस मार्सेल सोनीले नेपालमा लाइनमा शान्तिपूर्ण बसेर मतदान मतदान गरेको देख्दा असाध्यै खुसी लागेको बताउनुभयो । डच भिगिना ह्यान्सेलले आफूले भ्रमणसँगै निर्वाचनको उत्सुकतापूर्वक अवलोकन गरेको र यहाँको वातावरणले छुट्टै आनन्दित तुल्याएको बताउनुभयो ।

अन्य युरोपेलीलगायत मुलुकबाट आएका पर्यटकले पनि नेपालमा निर्वाचन भएकामा खुसी व्यक्त गरेका छन् । समूह गत रुपमा उनीहरुले हाँसेर हात हल्लाउँदै भने, “वी आर भेरी ह्याप्पी याट दिस इलेक्सन बिइङ होल्ड ”(हामी यो निर्वाचन देखेर धेरै खुसी छौँ) । यी प्रतिनिधि पर्यटक जस्तै चीन, जापान, दक्षिण कोरियालगायत मुलुकबाट आएका पर्यटक पनि निर्वाचनस्थलको तस्बिर लिन व्यस्त देखिन्थे ।

ट्राभल मेकरका पर्यटक पथप्रदर्शक सुमन पन्तले निर्वाचनको दिन बिहानैदेखि पर्यटकीय क्षेत्र आसपासका मतदान केन्द्रमा पर्यटकले तस्बिर र भिडियो खिंचेर उत्साहपूर्वक जिज्ञासा लिएको बताउनुभयो । उपत्यकाका धेरै पर्यटकले भ्रमण ‘प्याकेज’का रुपमा पनि निर्वाचनलाई लिएको जानकारी उहाँले दिनुभयो ।

निर्वाचनको दिन सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधन नचल्दा राजधानीका सडक सुनसान देखिए पनि मुख्य पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बाक्लो देखिन्थ्यो । चर्को घाममा हातमा आइसक्रिम र चिसो पेयपदार्थका साथमा हुलका हुल पर्यटक गन्तव्यमा घुमिरहेका थिए । सडक खुल्ला हुँदा उनीहरुले सडकका गतिविधिलाई पनि नियाले ।

बीच सडकमा बालबालिकाले क्रिकेट, फुटबल खेलिरहेका दृश्य उनीहरुका लागि रुचिपूर्ण थियो । लामो बाटो सवारी साधनको पर्वाह पनि नगरी केही पर्यटक छाता ओढेर र शिशु च्यापेर हिँडिरहेका थिए । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com