प्रचण्डलाई धुँदाधुँदा डल्लाका डल्ला साबुन र स्याम्पु खर्च भयो : प्रधानमन्त्री ओली
प्रकाशित मिति : पुस १५, २०७७ बुधबार
प्रधानमन्त्री केपी ओली ३ वर्षमा आफ्नो साबुन र स्याम्पु धेरै खर्च भएको तर प्रचण्ड ओलीलाई सफा गर्न नसकिएको कटाक्ष गरेका छन् । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा ओलीले यस्तो बताएका हुन् ।
‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन र स्याम्पु खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’
उनले आफूविरुद्ध गुट बनाएर बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए ।