प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै जानकारी दिएकी हुन् ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।