‘ओलीतन्त्र नसच्चिए राष्ट्रसंघको ढोका ढक्ढक्याउँछौँ’: समिर महर्जन,अध्यक्ष, नेपाली समाज अमेरिका


प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार

नेपाली समाज, अमेरिकाका अध्यक्ष समिर महर्जनले ओलीतन्त्र सच्चिनुको बिकल्प नरहेको र यदि नसच्चिएमा आगामी दिनहरुमा न्युयोर्कको ज्याक्सन हाइटमा सिमित नभई राष्ट्रसंघको ढोका ढक्ढक्याउने चेतावनी दिएका छन् । ओलीतन्त्र बिरुद्व जन्मभुमी नेपालमा संघर्षरत सबै तप्काप्रति एक्यबद्वता जाहेर गर्ने महर्जनले वक्तब्य मार्फत जनाएका छन् ।

नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक, अराजनैतीक, अलोकतान्त्रिक, अराजक भएको भन्दै त्यसका बिरुद्व न्युयोर्कस्थित नेपाली समुदायले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको थियो । नेपाली समाज अमेरिकाका अध्यक्ष समिर महर्जनको संयोजकत्वमा गरिएको बिरोध सभामा बिभिन्न प्लेकार्ड बोकेको भेलालाई नेपाली समाज अमेरिका, जनजाती महासंघ र प्रवासी नेपाली एकता मन्चका नेताहरुले सम्बोधन गरेका थिए ।

नेपाली समाज अमेरिकाको कार्यसमितिको बैठकले सरकार वनाउने विकल्प हुँदाहुंदै, आफु पदच्युत हुने डरले संसद बिघटन जस्तो कृयाकलाप गरेर, ओलीले घोर अधिनायकवादी काम गरेको ठहर गरेको छ । बैठकको निर्णयबारे वक्तव्य जारी गर्दै महर्जनले भनेका छन् – ‘यो अर्थोक केही नभएर, दरिद्र मानसिकता, सामुहिक चिन्तनको अभाव, बिचारमा आएको बिचलनको उपज हो ।’

संसद बिघटन निर्णय, सत्ताआशक्ती, सत्ताको उन्मादबाट उत्प्रेरित रहेको तथा यसले अन्तत्वगोत्वा देशलाई भडखालोमा जाक्ने निर्विवाद रहेको वक्तब्यमा उल्लेख छ ।

वक्तब्यमा भनिएको छ – ‘नेपाली समाज अमेरिकाले, नेपालको लोकतन्त्रको बिरुद्व भएका गतिबिधिको बिरुद्व जहिले पनि आवाज उठाउंदै आएको छ । चाहे त्यो हुकुमितन्त्रमा होस् या बहुदलप्राप्त पछिका बर्षहरुमा होस् । लोकतन्त्र र बिधिको शासनमा आँच आउने जुनसुकै गतिबिधिका बिरुद्व नेपाली समाज अमेरिका जहिले पनि लागिरहन्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com