मनीग्रामद्वारा सिटी एक्सप्रेससँगको सहकार्यमा नेपालका विभिन्न स्थानबाट रकम भुक्तानीे सेवा सुचारू


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

यो सहकार्यबाट विदेशमा बसेका कामदारलाई वर्षैभरि र समायानुकूल तवरले रकम प्राप्त गर्न अब सजिलो

मनीग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.सँग सहकार्य गरेको छ । विदेशमा काम गरिरहेका नेपालीलाई अब नेपालमा रकम पठाउनका लागि अझ सुविधाको टेवा पुगेको छ ।

दक्षिण एसियाका मनीग्रामका क्षत्रीय निर्देशक शेशागिरी मालिया भन्नुहुन्छ, “नेपालमा रहेका ग्राहकहरूलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसारभरि रहेका नेपालीलाई सेवा र्पुयाउन मनीग्राम तत्पर छ । सिटी एक्सप्रेससँगको सहकार्यले अब सो सेवा अझै विस्तारित भएको छ र विशेष गरी मिडल इस्टमा (गल्फ क्षेत्र) काम गर्ने नेपालीका लागि यो सहकार्य उपयोगी साबित हुनेछ ।“

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन भन्नुहुन्छ, “संसारको सबैभन्दा अग्रणी रेमिटान्स सेवा प्रदान गर्ने कम्पनि मनीग्रामसँग सहकार्य गरी सेवा र्पुयाउन पाउँदा हामी अत्यन्तै हर्षित र उत्साहित छौँ । यो सहकार्यले सुदृढ सेवा र्पुयाउन हामीलाई धेरै मद्दत गर्नेछ ।“

यसका साथै, मनीग्रामको सेवा सिटी एक्सप्रेसबाट प्राप्त गर्ने ग्राहकले कारोबार गर्ने बित्तिकै रू. ५० को टपअप आफ्नो मोबाइलमा प्राप्त गर्न सक्नेछन् ।
यो सहकार्यले मनीग्रामको नेपालमा उपस्थितिलाई अझ बलियो बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्व बैंकका अनुसार नेपालमा सन् २०१५मा ५.८ बिलियन डलरको रेमिटान्स भित्रिएको जनाएको छ । यसमा कतारबाट १.६८ बिलियन डलर र साउदी अरेबियाबाट १.६० बिलियन डलर भित्रिएको जनाउ गरिएको छ । अन्य क्षेत्रहरूमा संयुक्त अरब इमिरेट्स, अमेरिका, कुवेत र मलेसिया अग्रणी स्थानमा छन् ।

IMG_0120

मनीग्रामका बारेमा

मनीग्राम संसारको अग्रणी मनी ट्रान्सफर सेवा प्रदायक हो । यसले २००भन्दा बढी देशहरूमा ३५०,०००भन्दा बढी स्थानबाट आफ्नो सेवा दिँदै आएको छ जसमा निजी व्यवसायी, अन्तर्रा्ष्ट्रिय हुलाक तथा बैंकहरू पनि रहेका छन्। मनीग्रामले बिल भुक्तानी, मनी अर्डर तथा केही स्थानमा आधिकारिक चेकहरूको प्रक्रिया पनि पूरा गर्छ । मनीग्रामबारे थप जानकारी moneygram.com बाट प्राप्त गर्न सकिन्छ ।

सिटी एक्सप्रेसका बारेमा

नेपालको एक अग्रणी रेमिटान्स सेवा प्रदायक हो – सिटी एक्सप्रेस जसले नेपालका सुगम वा दुर्गम कुनै पनि क्षेत्रमा सेवा दिँदै आएको छ । सिटी एक्सप्रेसले जापान, साउदी अरेबिया, कतार, मलेसिया, तथा अन्य देशबाट रेमिटान्स भित्र्याउने आन्तरिक व्यवस्था गरेको छ । सिटी एक्सप्रेसको थप जानकारी ctxpress.com बाट प्राप्त गर्न सकिन्छ ।

IMG_0132

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com