बेरोजगारको सहारा बन्दै इन्दिरा


प्रकाशित मिति : पुस १३, २०७७ सोमबार

मिठो बोली, मन्द मुस्कान, गहुँगोरी, मझौला कद। अरुको समस्यामा सहयात्री बन्ने उनको बानी। सबैको मनमुटुमा बस्न सफल सरल र उच्च विचारकी धनी शिवसताक्षी नगरपालिका–११ मा बस्दै आएकी समाजसेवी ५३ वर्षीया इन्दिरा गौतम बेरोजगारीकी सहारा बनेकी छन्।

सीप नभएकालाई सीप सिकाउने र सिकिसकेकालाई रोजगारी दिने उनी गरिब दुःखीका लागि अभिभावक नै बनेकी छन् । उनी आफैँ ढाकाका विभिन्न पहिरन बनाउन सिकाउने, क्रिस्टलको माला, टप, औँठी, चुरा, पोतेलगायतका सामग्री र सिलाइबुनाइ तालीमसमेत दिन्छिन् । सीप सिकेर घरमै महिलाले बनाएका सामग्रीसमेत उनी आफैँ खरिद गरेर सहयोग गर्छिन् ।

“म तालीम मात्र दिने होइन”, उनले भनिन्, “समाजमा तालीम दिनेको खाँचो छैन । तालीमपछि रोजगारी पनि दिन्छु र उनीहरुको आर्थिकस्तर उकास्न मद्दत गर्छु ।” उनले आफ्ना दिवङ्गत श्रीमान् गोपाल गौतमको नाममा ‘गोपाल गौरी दिगो विकास प्रतिष्ठान’ नामक संस्था नै खोलेर सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । श्रीमान् बितेपछि अरुकै घरमा काम गरेर तीन छोराको पालनपोषण गर्दै आएकी गौतम विसं २०५५ मा नेपाल प्रहरीमा जागीरे भइन्। प्रहरीको जागीर पाएपछि जीवनयापनमा केही सहजता भए पनि परिवारका सदस्यले दिएको दुःख अझै बिर्सन गाह्रो भइरहेको उनको अनुभव छ ।

उनले तीन सन्तानलाई समेत विभिन्न रोग लागेका कारण बचाउन नसकेपछि प्रहरीमा खाइरहेको जागीरसमेत छोडिन् । “सन्तान गुमाएपछि पागलजस्तै भएँ, कहिले खोलामा हाम फालेँ त कहिले विष सेवन गरेँ”, उनले भनिन्, “खै कसरी कसले बचाउँथ्यो, होश आउँदा जहिले अस्पतालमा हुन्थेँ ।” अस्पतालमा पटक–पटक डाक्टर र नर्सले मठ मन्दिर घुम्न र असहायको सेवा गरेर दिन बिताउन दिएको सल्लाहले नै आज आफू सामाजिक सेवामा समर्पित भएको उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यही जागीरे जीवनमा जोडेको सम्पत्ति नै आज उनलाई सामाजिक क्षेत्रमा काम गर्ने दर्बिलो स्रोत बनेको छ । उनले जागीरे जीवनमा तत्कालीन इटहरी नगरपालिकामा दुई कट्ठा र झापाकै राजगढमा एक बिघा जग्गा जोडेकी थिइन्। गौतमले हाल इटहरी महानगरपालिकाभित्र रहेको एक कठ्ठा जग्गा बेचेर प्रतिष्ठानको लिफ्टसहितको रु अढाइ करोडको लगानीमा बन्न लागेको चार तले भवनको शिलान्यास गरिसक्नुभएको छ । विसं २०७४ मा स्थापना गरेको संस्थाको कार्यालय हाल भाडामा छ । भाडामा रहेको कार्यालयमा उनले यतिबेला ४० महिलालाई प्रत्यक्ष रोजगारी दिइरहेको बताइन् ।

शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले उनले व्यक्तिगतरूपमा संस्था सञ्चालन गरेर नगरकै धेरै बेरोजगार दिदीबहिनीलाई रोजगारी प्रदान गरेकोमा प्रशंसा गरेकी छन् । “सबै परिवार गुमाएर सामाजिक कार्यमा लागेकी उनले नगर गौरवको योजनालाई नै सहयोग पुग्ने व्यक्तिगत लगानीमा तालीम हलसहितको प्रतिष्ठान निर्माण गर्नु सामान्य कुरा होइन”, उपप्रमुख नेपालले भनिन्, “आज ४० जनाले प्रत्यक्ष रोजगार पाएका छन् भने भोलि १०० ले पाउने निश्चित छ तर व्यक्तिगतरूपमा गरिएका योजनामा नगरले सहयोग गर्न अप्ठ्यारो भइरहेको हुँदा कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।”

उनले आफ्नो सम्पूर्ण सम्पत्ति समाजसेवामा समर्पण गर्ने गौतमलाई नगरपालिकाले मिलाएर सक्दो सहयोग गर्ने र उनकै माध्यमबाट धेरैभन्दा धेरै बेरोजगारलाई रोजगारी प्रदान गर्ने योजना रहेको सुनाइन् । “तीनै तहको सरकारले गर्न नसकेको काम इन्दिरा दिदीले एक्लै गर्नुभएको छ”, स्थानीय पत्रकार विनोद सापकोटाले भने, “कोभिडका कारण रोजगार गुमाएका परिवारका सदस्यलाई जागीर दिनुभएको छ, सीप सिकाएर महिलालाई आत्मनिर्भर बनाएका छन् । आफ्नै लगानीमा यति ठूलो काम गर्ने व्यक्ति भने ओझेलमा हुनुहुन्छ ।”

परिवारका सदस्य गुमाएकी उहाँले तयार गरेको त्यो भौतिक सम्पत्ति भोलि स्थानीय सरकारकै हुने हुँदा शिवसताक्षी नगरपालिकाले आर्थिकरूपमा सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले विगतदेखि नै आर्थिक अवस्था नाजुक भएर विद्यालय जान नसकेका नानीहरुलाई लत्ताकपडा किनेर विद्यालय भर्ना गर्ने र जस्तासुकै प्राकृकित विपद्मा पनि राहत लिएर नगरमा सबैभन्दा पहिला गौतम नै पुग्ने गरेको बताइन्। रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com