निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाउने सरकारको निर्णय


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेजबाहेकका सबै निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको हो ।

यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आजसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चमात्र सोधभर्ना गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com