पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु


प्रकाशित मिति : पुस १२, २०७७ आईतबार

सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवर्द्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसायी पनि भ्याइनभ्याइ पर्यटकीय गतिविधिका कार्यक्रममा सामेल रहन्थे ।

एकै वर्ष दुईदेखि तीन पर्यटन महोत्सव लाग्ने इलाममा यो बेला झनै महोत्सवैमहोत्सव हुन्थ्यो होला तर अहिले यसको ठीकविपरीत भइरहेको छ । जिल्लामा अहिले न महोत्सव छन्, न पर्यटन प्रवर्द्धनका गतिविधि । प्रवर्द्धनका भएका कार्यक्रम पनि चासो र तामझामसहितका छैनन् । कोरोनापछि पर्यटन व्यवसाय यति खस्कियो कि पर्यटन सूचना केन्द्रले गणना गर्नसमेत सकेन । झापा र इलामको सीमावर्ती क्षेत्र जोरकलशमा सधैँ पर्यटकको गणनाका लागि कुर्सी राखिन्थ्यो ।

इलाम पस्नेदेखि पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटकको सङ्ख्या रजिस्टरमा चढाएर पर्यटक भित्र्याइन्थ्यो तर कोरोनाले यो शृङ्खला टुटाइदियो । चैतको पहिलो साता शुरु भएको बन्दाबन्दीले पर्यटक गणना गर्न सकिएन । पुसको शुरुबाट गणना शुरु त गरिएको छ तर अपेक्षाकृत पर्यटक छैनन् । सूचना अधिकारी गगन घिमिरेका अनुसार सदाजस्तो पर्यटक यस वर्ष आएका छैनन् ।

सूचना केन्द्रले ठूला सवारी (बस र ट्याक्सी) मा सवार पर्यटकको सङ्ख्या राख्छ । कोरोनाका कारण सुरक्षाका मापदण्ड मान्न नसक्दा पर्यटक नआएको घिमिरेको बुझाइ छ । विशेषतः इलाम घुम्न आउने पर्यटकको रोजाइमा श्रीअन्तु, कन्याम र सन्दकपुर र माईपोखरी पर्छन् । सूर्योदय र सूर्यास्तका लागि नेपालकै उत्कृष्ट श्रीअन्तुमा विगत वर्षमा पर्यटकको बाक्लो सङ्ख्यामा आगमन हुन्थ्यो । हरियो चियाबारी घुम्न र मनोरम क्षेत्र अवलोकनका लागि कन्याम आउनेको सङ्ख्या पनि कम हुँदैन थियो । सरकारले बन्दाबन्दी खोलेपछि पर्यटन व्यवसायीले पनि केही कोरोनाका मापदण्ड तोकेर पर्यटकलाई स्वागत गर्ने योजना बनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुख्य पर्यटकीय क्षेत्रमा पर्यटक आए तर सदाजस्तो पर्यटक नहुँदाचाहिँ प्रवर्द्धनका कार्यक्रम कम भएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । त्यसो त अन्तुमा दशैँपछि पर्यटकको सङ्ख्या धेरै कम त छैन तर प्रवर्द्धनका कार्यक्रम ल्याएको भए विगतमा झैँ पर्यटक आउने अनुमान घिमिरेको छ । गएको वर्ष एक लाख २० हजार पर्यटक इलाम भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । परिस्थिति सामान्य रहँदै पनि लक्ष्यअुनसार पर्यटक आउने सम्भावना कम थियो । कोरोनापछि त लक्ष्य पूरा हुने अनिश्चित छ ।

विषम परिस्थितिकै कारण सरकारले भ्रमण वर्षसमेत खारेज गर्यो भने कार्यक्रम पनि स्थगन भए । अब भने पर्यटन व्यवसायीको चासो पर्यटकीय गतिविधि कसरी सामान्य बनाउनेतर्फ गएको छ । त्यसै पनि पर्यटनसँग जोडिएका होटल, घरवासमा कोरोनाको प्रभाव नराम्ररी परेको छ । सञ्चालन गर्न नसक्दा कतिपय होटल/घरवासमा ताल्चा लागेका छन् । सरकारले पर्यटकीय क्षेत्रमा ‘बिग प्याकेज’ नल्याएमा पर्यटन क्षेत्र उठ्न नसक्ने इलाम पर्यटन प्रवद्र्धन विकास समितिका देवी पौड्याल बताउँछन् । उनका अनुसार स्थानीय तहले पर्यटकीय गतिविधि बढाउन पर्यटकीय क्षेत्र निश्चित नगरेकाले पनि काम गर्न असहज भइरहेको छ ।

“जुनसुकै ठाउँको पनि पर्यटन प्रवद्र्धन भनेको छ । देखाएको मात्र छ । केही क्षेत्र तोकेको भए व्यवस्थापन गर्न सहज हुन्थ्यो”, पौड्यालले भने, “स्थानीय तहले मुख्य पर्यटकीय क्षेत्रलाई तोक्नुपर्यो । त्यहीअनुसार अघि बढ्न सकिन्छ । नभए पर्यटकीय क्षेत्र उठ्न सहज छैन ।” स्थानीय तहले पर्यटकीय क्षेत्रमा अपेक्षाकृत कार्यक्रम नल्याएकाले पर्यटकीय क्षेत्र उठ्न नसकेको पौड्यालको तर्क छ ।

पछिल्लो समय इलामका नयाँ पर्यटकीय क्षेत्रमा पनि पर्यटकको आकर्षण बढ्दै गएको छ । पानीटार, दिदीबहिनी झरना, झण्डीडाँडालगायतका क्षेत्र पनि पर्यटकका रोजाइका क्षेत्र बन्दै गएका छन् । कतिपय क्षेत्रमा चलचित्र र म्युजिक भिडियो खिच्ने टोलीका कारण पनि चर्चा आउन थालेका छन् तर पर्यटकीय क्षेत्रमा स्थानीय सरकारको उपस्थिति भने नगन्य रहेको देखिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com