नेकपाको संस्थापन पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै


प्रकाशित मिति : पुस ११, २०७७ शनिबार

नेकपाको संस्थापन पक्ष (प्रचण्ड–माधव) ले आज देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि देशव्यापी आन्दोलनको घोषणा गरेको नेकपाको संस्थापन पक्षले आज जिल्लास्तरीय कार्यकर्ता भेला गर्न लागेको हो । संसद विघटन गर्ने ओलीको कदम असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी भएको संस्थापन पक्षको भनाई छ ।

संस्थापन पक्षले यही पुस १४ गते संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । यस्तै, २० गते नगरभेला र २५ गते सम्म वडास्तरका भेला र जिल्ला कमिटीबाट थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । पहिलो चरणको आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५ सय १ जनाको परिचालन कमिटीसमेत गठन गरेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । त्यसपछि नेकपा औपचारिक फुटको अन्तिम संघारमा पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com