उम्मेदवारका घर-घरमा बम, थपिँदै सुरक्षा चुनौती !


प्रकाशित मिति : बैशाख ३०, २०७४ शनिबार

नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुुरक्षा निकाय थप चनाखो हुनुपर्ने आवश्यकता देखिएको हो ।

नवलपरासीमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विभिन्न उम्मेदवारलाई लक्षित गरी विभिन्न किसिमका बम राख्ने गरेको पाइएको छ । पछिल्लो समय दुई दिनयता पहिलो चरणको स्थानीय निकायको निर्वाचन हुने नवलपरासीको नवलपुर क्षेत्रमा उम्मेदवारलाई लक्षित गरी बम राखेको पाइएको हो ।

उम्मेदवारको घर–आँगनदेखि सार्वजनिकस्थलमा बम फेला पर्ने गरेका छन् । यद्यपि हालसम्म सो बमबाट मानवीय क्षति भने भएको छैन । नेपाली सेनाको टोलीले फेला परेका बमलाई डिस्पोज गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका महेन्द्र पोखरेलको घरमा बिहीबार राति बम फेला परेको थियो । सो बमलाई गएराति नै नेपाली सेनाको टोलीले निष्क्रिय गरेको हो ।

यस्तै, कावासोती–३ स्थित पुरानो कावासोती चोकनजिक सार्वजनिकस्थलमा बिहीबार साँझ बम पड्किएको थियो । सार्वजनिकस्थलमा नेपाली काँग्रेसले गरेको सभालाई लक्षित गरी राखिएको बम पड्किए पनि यसबाट मानवीय क्षति भने भएन ।

यसैगरी बिहीबार नै गँैडाकोट नगरपालिकामा पनि नेकपा ९माओवादी केन्द्र०का तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएका दुर्गादत्त ढुङ्गानाको घरनजिकै बिहीबार नै बम फेला परेको थियो । सो बमलाई पनि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । कावासोती नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका दासीराम बस्यालको घरमा पनि फेला परेको बमलाई सेनाको टोलीले डिस्पोज गरेको थियो ।

यसरी दुई दिनको अवधिमा जिल्लामा निर्वाचन बिथोल्ने लक्ष्यअनुरुप उम्मेदवारका घरदेखि सार्वजनिकस्थलसम्म बम फेला पर्नेक्रम बढे तापनि सो कार्यमा संलग्न एकजनालाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन जसका कारण शान्ति सुरक्षासमेतमा प्रश्न चिह्न उठ्न थालेको अवस्था छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com