कल सेन्टर मतदाताको गुनासो सुल्झाउँदै


प्रकाशित मिति : बैशाख ३०, २०७४ शनिबार

भक्तपुरकी सरिता बुढाथोकी २०७० सालको निर्वाचनमा मतदान गरेको परिचयपत्रले आइतबार हुने निर्वाचनमा मतदान गर्न पाइन्छ कि पाइँदैन भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा सोधपुछ गर्नुभयो ।

उहाँको समस्यामा कल सेन्टरकी कम्प्युटर अपरेटर भावना बेल्वासले पुरानो परिचयपत्रबाट मतदान गर्न नपाइने भन्दै परिचयपत्र खुल्ने नागरिकता लिएर मतदानमा जान अनुरोध गर्नुभयो ।

काठमाडाँैकी नर्मदा बस्नेतले निर्वाचनको समयमा गाडी चल्छ कि चल्दैन भनेर कल सेन्टरमा सोध्नुभयो । यस्तै सरिता र नर्मदा जस्तै अहिले कल सेन्टरको १६६००१४४२२२ नं मा फोन गरी मतदाताले निर्वाचन सम्बन्धी जिज्ञासा राख्ने गरेका छन् ।

मतदाताले कल सेन्टरमा आफ्नो परिचयपत्र नभएको, मतदाता नामावलीमा नाम छुटेको, परिचयपत्र कहाँ पाइन्छ, मतदान गर्ने प्रक्रियालगायत समस्याबारे सोध्ने गरेका कल सेन्टरका संयोजक विशकसेन ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिका करिब ३०० जनाले निर्वाचनसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म छजना अपरेटरले मतदाताले राखेका समस्याको जवाफ दिने गर्नुभएको छ । मतदाताका समस्याको समाधान अपरेटरले तुरुन्त गर्न नसकेको अवस्थामा मतदातालाई फोनमार्फत जवाफ दिने गर्ने गरेका संयोजक ढकालले बताउनुभयो । उहाँका अनुसार सबभन्दा बढी मतदान गर्ने प्रक्रिया र मतदाता नामावलीका सम्बन्धमा मतदाताले जिज्ञासा राख्ने गरेका छन् ।

वैशाख १५ गतेबाट सञ्चालन भएको कल सेन्टरमा अहिलेसम्म करिब दुई हजार ४०० भन्दा बढी व्यक्तिले निर्वाचनसम्बन्धी जिज्ञासा राखेका छन् । ढकालले कल सेन्टर सुरु भएको एक हप्तासम्म निर्वाचन हुन्छ कि हुँदैन भनेर बढी सोध्ने गरेका बताउनुभयो ।

पछिल्ला केही दिनमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको, सवारी साधनको पास पाइन्छ कि पाइँदैन भनेर फोन आउन थालेका छन् । “निर्वाचन उल्लङ्घन गरेका कुरा कल सेन्टरमा आउने गरेका छन्”, उहाँले भन्नुभयो – “सेन्टरले यस्ता कुरालाई आयोगको आचारसंहिता समितिमा लेखेर पठाउने गरेको छ ।”

अहिलेसम्म सर्वसाधारणले कल सेन्टरमा मतदाता शिक्षा ६३६, मतदाता नामावली ६५९, निर्वाचन प्रक्रिया ८४, आचारसंहिताका ६२, वेबसाइटका १८, सुरक्षासम्बन्धी पाँच र अन्य ३७७ वटा समस्याका राखेको ढकालले बताउनुभयो । आयोगले असार ३ गतेसम्म कल सेन्टर सञ्चालन जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com