६ सयको राहत चेक र बेरोजगारलाई साप्ताहिक ३ सय समेटिएको प्याकेजमा सहमति


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

लामो समयदेखिको रस्साकस्सीपछि अन्तत झण्डै ९ सय बिलियनको राहत प्याकेजमा दुईदलकै सांसदहरुबीच सहमति भएको छ । यो प्याकेजमा काम गुमाएहरुलाई बेरोजगारी विमान रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गर्ने विषय समेत समेटिएको छ ।

त्यस्तै दोश्रो चरणको राहत चेकमा पनि सहमति भएको छ । तर दोश्रो चरणको राहत चेक ६ सय डलरकोमात्र हुनेछ । बच्चाहरु र बयस्कहरुलाई ६ सयको राहत चेक प्राप्त हुनेछ अर्थात् दम्पत्ति र दुई बच्चाहरु भएको परिवारलाई २४ सय डलर प्राप्त हुनेछ ।

बार्षिक ७५ हजारभन्दा कम आम्दानी भएकाहरुले ६ सय डलरको राहत चेक पाउनेछन् भने त्यो भन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा चेकको रकम घट्दै जानेछ । साप्ताहिक रुपमा बेरोजगारी विमाका अतिरिक्त प्रदान गरिने ३ सय डलरको सुरुवात भने छिटोमा डिसेम्बर २७ बाट हुने जनाइएको छ ।

राहत प्याकेजमा ३ सय बिलियन साना विजनेश र अर्को चरणको ऋणका लागि छुट्याइएको छ ।

संसदसमक्ष खर्च विधयेक पारित गर्नका लागि पनि आज राती १२ बजेसम्मको समय रहेको छ । अमेरिकी सरकार शटडाउन हुनबाट रोक्नका लागि त्यो अगाडि नै खर्च विधयेक पारित हुन जरुरी छ । राहत प्याकेजमा सहमति कायम भएकाले अब आजै उक्त प्याकेज र खर्च विधयेक पारित गर्नका लागि बाटो खुलेको छ ।

विगत ५ महिनादेखि राहत प्याकेजमा सहमति हुन नसक्दा अमेरिकनहरुले कुनै अतिरिक्त सहायता प्राप्त गर्न सकेका थिएनन् । राहत प्याकेजमा शुक्रबार नैसहमति हुने आशा गरिएको थियो । तर रिपब्लिकन सिनेटरले अन्तिम समयमा नयाँ प्रस्ताव ल्याएपछि अन्तिम सहमति कायम हुन सकेको थिएन ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com