संसद विघटनको विरोध गर्दै ७ मन्त्रीले दिए सामूहिक राजीनामा


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।

उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै सामुहिक राजीनामा घोषणा गर्नेहरुमा प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com