राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते घोषणा
प्रकाशित मिति : पुस ५, २०७७ आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरेकी हुन् ।
यस्तै, उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति समेत तोकेकी छन् ।
विज्ञप्ति-