Follow @khasokhasmag

काममा फर्किइन प्रधानन्यायाधीश सुशिला कार्की


प्रकाशित मिति : बैशाख २४, २०७४ आईतबार

निलम्बनमा पर्नुभएको सर्वोच्च अदालका प्रधानन्यायाधीश सुशिला कार्की आजबाट काममा फर्कनुभएको छ ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी शुक्रबाटबाटै काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेपछि कार्की काममा फर्कनुभएको हो ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिए पनि त्यसको आधार स्पष्ट नभएको बताउनुभएको थियो ।

आदेशमा संविधानको मर्म तथा भावनाअनुकूल नभएको कुरा शुरु नजरमै देखिन आएकाले सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङ्गो नलागुन्जेलसम्म महाअभियोगको प्रस्तावलाई यथास्थितिमा राखी शुक्रबारबाटै काम गर्न दिनू भनी व्यस्थापिका संसदको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com