Follow @khasokhasmag

नेपाली मूलका डा. कैनी छानिए बेलायती संसदीय चुनावका उम्मेदवार


प्रकाशित मिति : बैशाख २४, २०७४ आईतबार

सन् २००५ मा युके आएका डा. बच्चुकैलाश कैनी युकेको अर्को महिना हुने संसदीय निर्वाचनमा उम्मेदवार छानिएको बेलायतबाट प्रकाशित हुने चर्चित नेपाली अनलाइन बीनेपाली डटकमले जनाएको छ । जुन ८ मा हुने संसदीय चुनावमा डा। कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रबाट प्रमुख प्रतिपक्षी दल लेबोर पार्टीले उम्मेदवार बनाउने भएको हो ।

उनी डार्टफोर्ड काउन्सिलमा अहिले काउन्सिलर रहेका छन् । संसदीय निर्वाचनका लागि यही मे ११ का दिन मनोनयन दाखिल गर्ने कार्यक्रम छ । पार्टीले उम्मेदवार चयन गरेपछि डा. कैनीले भने, ‘सन् २००५ मा युके आएको यति छोटो अवधिमा प्रमुख दलबाट संसदीय निर्वाचनमा उम्मेदवार बन्न पाउनुले हामी नेपालीहरुले अरु धेरै क्षेत्रमा धेरै उपलब्धि गर्नसक्ने रहेछ भन्ने सिद्ध गरेको छ ।’
शुरुमा सो क्षेत्रबाट पार्टीले अर्की काउन्सिलर तथा काउन्सिलमा लेबोर पार्टीकी डेपुटी लिडर डेइजी पेजलाई छनौट गरे पनि पेजले आफ्नो नाम फिर्ता गरेपछि कैनीलाई पार्टीले उम्मेदवार चयन गरेको बताइएको छ । ‘न्याशनल काउन्सिलले फोनमार्फत मेरो नाममा निर्णय गरेको जानकारी दिएको छ’ कैनीले भने ।

डार्टफोर्टमा पहिला लेबोरले जित्दै आएको भए पनि गत दुई संसदीय निर्वाचन कञ्जरभेटिभले जितेको छ ।
तनहुँको कमलाबारीमा जन्मनु भएका डा। कैनी अहिले क्विन एलिजाबेथ अस्पताल, लन्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा समेत कार्यरत हुनुहुन्छ । बेलायतमा नेपाली समुदायबीच चिरपरिचित र सक्रिय डा. कैनी समसामयिक विषयमा विभिन्न पत्रपत्रिकामा लेख रचनाका साथै कथा र कविता पनि लेख्नुहुन्छ । उहाँका पिता स्व। मेघनाथ कैनी तनहुँका नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । उहाँ नेपालमा प्रजातन्त्र प्राप्तिको लडाईमा धेरै पटक र धेरै वर्ष जेलमा समेत पर्नु भएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com