देशभर कांग्रेसको शक्ति प्रर्दशन, सरकार सहि बाटोमा नहिँडे सडकबाटै ठेगान लगाउने चेतावनी


प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा प्रशासन र नेकपाले गरेको अवरोध, भ्रष्टाचार बढेको र कोरोना नियन्त्रण गर्न सरकार असफल रहेकोमा विरोध प्रदर्शन गर्न लागेको हो । कांग्रेसले अब सरकार ठीक बाटोमा नहिँडे सडकबाटै ठेगान लगाउने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण राजावादी सडकमा आएको बताएका छन् । उनले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको आरोप लगाए । ‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । देउवाले भने, त्यो कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो ।’

मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट सरकारबाट जनता वाक्क दिक्क भएको कारण देशभर आन्दोलन गर्न बाध्य भएको बताएका छन् । उनले सडक जाम गरेर, पसल बन्द गराएर यसरी विरोध गर्न रहर नभएको भन्दै सरकारका कामले जनता आजित भएको बताए ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार लिप्त रहेको आरोप लगाएका छन् । राजधानीको शान्ति वाटिकावाट सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका हुन् । ‘यो सरकार भ्रष्टचारमा डबिसकेको छ’ उनले भने,‘कम्युनिस्ट अधिनायकवादी सर्वसत्तावादमा भ्रष्टाचार मात्र देखिएको छ । कम्युनिष्ट पार्टीका नेताहरूले भनिसके, सचिवालयका बहुमत नेताले भनेका छन् – यो सरकार भ्रष्टाचारी हो ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री तथा केन्द्रीय सदस्य डा. रामशरण महतले नेकपाका कारण मुलुकमा विकृति भित्रिएको बताएका छन् । चितवनमा आयोजित सरकारविरुद्धको सभामा बोल्दै नेता महतले संसारबाट बिदा भइसकेको कम्युनिस्टहरूले नेपालमा जितेर विकृति, विसङ्गति भित्र्याएको जिकिर गरे । “नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । कम्युनिस्टहरू संसारबाट बिदा भइसकेका छन् । यो मृत्यु भइसकेको दर्शन हो । चीन, उत्तर कोरियाबाहेक अन्य मुलुक कम्युनिस्टहरूले जितेका छैनन्,” उनले भने, “कम्युनिस्ट पार्टीको नाममा पार्टी खोलेको छ, कहीँ पनि जितेको छैन । मतदाताहरूलाई भ्रममा पारेर झुक्याएर जितेका हुन् ।”

त्यसैगरि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसले मारमा परेको बेला सरकार सत्तामा र भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् । तनहुँ पुल प्रकरणको कुरालाई जोड्दै उनले कांग्रेसको एउटामात्र कार्यकर्तालाई जिस्काउनु भनेको सुतेको बाघलाई जिस्काउनु रहेको बताउँदै होसिरयार, रहन आग्रह गरेका छन् ।

सरकारविरूद्ध देशव्यापी प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्न पुगेका शर्माले अबको निर्वाचनमा कांग्रेस बहुमतसहित सरकारमा जाने बताए । शर्माले सरकारलाई सच्चाउन सडकमा आएको बताए । उनले धनमाया गुरूङजस्ता पात्रहरूले किन उपचार पाएनन् भनेर जवाफ खोज्न सडकमा आएको बताए । सूर्यबहादुर तामाङहरू सडकमा किन मर्नुप¥यो ? उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्छन् कि चिन्दैनन् भनेर बुझ्न सडकमा आएको पनि बताए ।

gagan thapa.jpg

यस्तै कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारको दुलोभित्र लुकेर षडयन्त्रमा रहेको सरकार ठेगानमा नआएसम्म सडकमै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले भने ’सरकार संसदबाट भाग्यो । बालुवाटारभित्र बसेर षडयन्त्र गरेको सरकारलाई ठेगानमा ल्याउन सडकमा आएका हौं । सरकार ठेगानमा नआएसम्म अब फर्केर यसै जाँदैनौं ।’

धनगढीमा भएको विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले कोरोना महामारी नियन्त्रणमा नआउँदै सडकमा आउन बाध्य भएको बताए । ‘कोरोना महामारी नियन्त्रणमा आउन सकेको छैन्, थापाले भने, अगाडीका दिनहरु कस्ता आउँछन् भन्न सक्ने अवस्था छैन् । तर पनि सडकमा आउन बाध्य भयौं’

थापाले थापाले सरकारलाई हावादारीको संज्ञा दिँदै भ्रष्टाचारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाए । ‘‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ । कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

भैरहवामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरुको नाईके भएको आरोप लगाए । ओली आफै भ्रष्टाचारमा संलग्न रहेको कारण भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनले आरोप लगाए । “तपाई भ्रष्टाचार निर्मूल गर्न चाहनुहुन्छ भने कुनै आम टेपले बोलेको छ, प्रिन्टिङ्ग प्रेसमा २५ अर्व भन्दा बढी भ्रष्टाचार भएको छ तर तपाईल आफ्ना कनिष्ट पुत्र गोकुल बास्कोटालाई किन कारवाहीको कठघरामा उभ्याउन सक्नु भएन हामीले प्रश्न गर्ने कि नगर्ने कि तपाई पनि भ्रष्टाचारमा संलग्न हुनुहुन्न ।” पाण्डेले भने ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com