भ्याक्सिन लगाएकाको ‘गलत एचआईभी पोजेटिभ’ रिपोर्ट आएपछि अष्ट्रेलियाबाट भ्याक्सिन निर्माण खारेज


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

अष्ट्रेलियामा परीक्षणका क्रममा रहेको भ्याक्सिनमा एचआईभीमा पाइने प्रोटिनको अंश प्रयोग गरिएका कारण सहभागीहरुमा गलत ढंगले एचआईभी रिपोर्ट पोजेटिभ आएपछि सरकारले भ्याक्सिन कार्यक्रम नै खारेज गरेको छ । भ्याक्सिनमा प्रयोग गरिएको उक्त प्रोटिनको अंशका कारण एचआईभी परीक्षणका क्रममा देखिने एन्टीबडी ट्रिगर भएको जनाइएको छ ।

तर गलत एचआईभी पोजेटिभ देखिएपनि उनीहरुमा भने वास्तविक रुपमा भने एचआईभी नरहेको जनाइएको छ । यद्यपी ७५० मिलियनको परीक्षण कार्यक्रम सरकारले रद्द गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन कार्यक्रम रद्द गर्ने अष्ट्रेलिया पहिलो देश हो ।

युनिभर्सिटी अफ क्वीन्सल्याण्ड र अष्ट्रेलियन बायोटेक फर्म सीएसएलले भ्याक्सिनको परीक्षण गरिरहेका थिए । यो भ्याक्सिनका लागि अष्ट्रेलियाको सरकारले सहायता उपलब्ध गराएको थियो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री स्कट मोरिसनले परियोजना खारेज गरिएको घोषणा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विश्वासमा कुनै प्रश्नचिन्ह खडा हुन नहुने भएकाले परियोजना खारेज गरिएको उनले बताए । अष्ट्रेलियन जनताको संरक्षणका लागि यस्तो निर्णय गरिएको उनले बताए । सरकारले देशभित्रको परियोजना खारेज गरेपनि फाइजरका १२० मिलियन अतिरिक्त डोज, आष्ट्राजेनेकाका अतिरिक्त २० मिलियन डोज र नोभाभ्याक्सका अतिरिक्त ११ मिलियन डोज अर्डर गर्ने भएको छ ।

परीक्षणमा रहेको भ्याक्सिनले एचआईभी परीक्षणको गलत रिपोर्ट आउनेगरी एन्टीबडी उत्पादन गरेको स्वास्थ्यमन्त्री ग्रेग हन्टले बताएका छन् । गलत एचआईभी पोजेटिभ रिपोर्टका आएपनि भ्याक्सिनले भने कोरोनबिरुद्ध लड्न प्रभावकारी रुपमा काम गरेको संकेत आएको युनिभर्सिटी अफ क्वीन्सल्याण्डले जनाएको छ ।

तर अब भ्याक्सिन उत्पादन कम्पनीले दोश्रो र तेश्रो चरणको परीक्षण नगर्ने भएको छ । भ्याक्सिनका कारण एचआईभी संक्रमण हुने कुनै कारण नरहेको र फ्लोअप परीक्षण गर्दा परीक्षण सहभागीहरुमा एचआईभी भाइरस रहेको नपाइएको युनिभर्सिटीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com