कोरोना महामारीबारे रिपोर्टिङ गर्ने चाइनिज नागरिक पत्रकार ७ महिनादेखि हिराशतमा, बाँच्ने सम्भावना कम


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

चीनको उहानमा कोरोना महामारीबारे रिपोर्टिङ गर्ने चाइनिज नागरिक पत्रकार विगत ७ महिनादेखि सरकारको हिराशतमा रहेको र अहिले बाँच्ने सम्भावना कम रहेको उनका वकिलले बताएका छन् । पूर्व वकिल समेत रहेकी ३७ बर्षकी झाङ झानले कोरोनाको महामारीको सुरुवात हुँदाको बेलामा भिडियोहरु इन्टरनेटमा पोष्ट गरेकी थिइन् ।

सरकारले उनलाई गत मे महिनामा दुस्प्रचारको अभियोगमा पक्राउ गरेर हिराशतमा राखेको थियो । चीनमा यस्तो अभियोग सरकारको आलोचना गर्नेहरु र अधिकारीकर्मीहरुबिरुद्ध लगाइदै आएको छ । झाङले पनि यस्तै अभियोगको सामना गर्नुपरेको जनाइएको छ ।

उनले महामारीको सुरुमा उहानमा के भइरहेको छ भन्ने सन्दर्भका भिडियोहरु सार्वजनिक गर्दै सरकारको आलोचना गरेकी थिइन् । गत महिना उनलाई औपचारिक रुपमा गलत सुचनाहरु सम्प्रेषण गरेको अभियोग दर्ता गराइएको थियो । यदि दोषी ठहर भएमा उनलाई ५ बर्षसम्मको जेलसजाय हुनसक्नेछ ।

उनले भोक हडताल सुरु गरेको र असाध्यै बिरामी समेत रहेको उनका वकिलले बताएका छन् । उनले कम्मरमा पेटी बाँधेर र दुबै हातहरु बाँधेर भोक हडताल सुरु गरेको र हडताल केही दिन जारी रहे बाँच्ने सम्भावना निकै कम रहेको जनाइएको छ ।

उनलाई जबर्जस्ती खाना खुवाउनका लागि ट्युब प्रयोग गरिएको र जसका कारण पेट र मुखमा पीडा महसुस गरेको जनाइएको छ । साथै टाउको दुख्ने र रिंगटा लाग्ने समस्या समेत झेलिरहेको जनाइएको छ । वकिलका अनुशार उनले हरेक दिन यातना भोगिरहेको बताएकी थिइन् ।

कोरोनाको महामारीको सुरुवातका दिनहरुमा उहानमा के भइरहेको छ भन्ने सुचनाहरु सार्वजनिक गर्ने कैयन नागरिक पत्रकारहरुमध्ये उनी एक हुन् । उनीहरुलाई एकएक गर्दै चीनको सरकारले पक्राउ गरेर हिराशतमा राखेको छ । नागरिक पत्रकार चेन क्वीसीलाई बेपत्ता पारिएको छ ।

झाङको अदालती सुनुवाई डिसेम्बर २९ का लागि तोकिएको छ । उनले महामारी सुरु भएदेखि विभिन्न स्थानमा पुगेर सर्वसाधारणहरुसँग कुराकानी गर्दै भिडियोहरु सावर्जनिक गरेकी थिइन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com