माइनस सात डिग्रीको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती


प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार

काठमाडौं । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ ।

केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताए । उनको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फ नेपालपट्टि पनि अनुगमन गर्ने गरेको छ ।

इन्चार्ज केसीले भने, “माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।”

यस वर्ष हिमपात भइसकेका कारण सेताम्मे क्षेत्रमा पनि कुनै अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताए । चार हजार ६०० मिटर अग्लो नारालेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानुपर्ने र हावा पनि लाग्ने भएका कारण समस्या हुने गरेको छ । पारिपट्टि चिनियाँहरु पक्की घरमा बस्दै आएका भए पनि नेपाली सुरक्षाकर्मीलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएका कारण भाडाको घरमा बस्नुपरेको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएका कारण आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाकर्मी लागिपरेको उनले बताए । हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ । दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उनले बताए ।

उनले हावा पनि त्यत्तिकै चल्ने भएको हुँदा त्यहाँ बस्ने टोलीको दैनिकी भने कष्टकर हुने गरेको बताए । मङ्सिरदेखि चैत महिनासम्म हिमपातका कारण नारालेकमा आवतजावत गर्न हिउँ जमेका कारण बन्द हुने गरेको छ । त्यही जानकारी पाएर सीमा सुरक्षाचौकीमा खटिने सुरक्षाकर्मीका लागि छ महिना पुग्ने रासनपानी, दाउरा र अन्य बन्दोबस्तीका सामान हिल्सामा पुगिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए ।

अन्य सञ्चारमाध्यम नभएको हिल्सामा चौकीका लागि प्रधान कार्यालयमा सम्पर्क हुने गरी एक लाइन भिस्याट फोन जडान गरिएको छ । त्यो लाइन पनि घाम लागेको दिन मात्र सञ्चालनमा आउने र अन्य दिन सम्पर्कविहीन अवस्थामा बस्नुपर्ने इन्चार्ज केसीले बताए । हालसम्म बन्दोबस्तीको कुनै समस्या नभएको र दुई जना सुरक्षाकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए । केही जटिल किसिमका बिरामी आए हेलिकोप्टबाट उद्धार गर्नुको अन्य विकल्प नभएको उहाँले बताए ।

ती स्वास्थ्यकर्मीले हिल्सामा बस्ने अन्य १२ सर्वसाधारणलाई पनि बिरामी परेको बेला उपचार गर्दै आउने गरेको बताइएको छ । हालसम्म हिल्सामा नेपाल प्रहरीको सुरक्षाकर्मी हिउँदमा नबसेको समयमा सीमा सुरक्षाचौकी स्थापना भएको वर्ष सीमा नाका सशस्त्र प्रहरीको टोली बस्न शुरु गरेको छ । नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समय अगाडि जिल्लामा फिर्ता भइसकेको छ । हिल्सा बिओपीमा २२ सुरक्षाकर्मीले सीमा सुरक्षा दिँदै आएका छन् भने १२ स्थानीय नागरिक बस्दै आएको बताइएको छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com