एक हजार ४९८ उम्मेदवार आउट !


प्रकाशित मिति : बैशाख २३, २०७४ शनिबार

काठमाडौँ, २२ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार २०७ जनाको उम्मेवारी परेको थियो ।
निर्वाचन आयोगका अनुसार काठमाडौंमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२ काभ्रे २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३ दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले उम्मेदवारी फिर्ता लिएका हुन ।

कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहँुमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोगले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेलाई बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com