हप्तामा दुई दिन सार्वजनिक बिदा दिने पक्षमा अध्ययन समिति (प्रतिवेदनसहित)
प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा अध्ययन समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । बिहीबार एक प्रतिवेदन सार्वजनिक गर्दै समितिले समितिले अन्तर्राष्ट्रिय अभ्यास र हप्तामा दुई दिन बिदा दिँदा सरकारी खर्च कटौतीमासमेत सहयोग पुग्ने भन्दै सरकारलाई सिफारिस गरेको हो ।
यही असोज ८ गते बसेको उच्च व्यवस्थापनको बैठकले कोरोनापछि पर्यटक वृद्धि गराउने उद्देश्यले दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव गरेको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिमा मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थमन्त्रालयका प्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल सहभागी रहेको छ।
प्रतिवेदन-