दोस्रोपटक साझा र विवेकशील पार्टीबीच एकता (घोषणापत्र)
प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार
साझा पार्टी र विवेकशील नेपाली दलबीच औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ । बुधबार भर्चुअल कार्यक्रममार्फत साझा र विवेकशील एकीकरण भई विवेकशील साझा पार्टी घोषणा भएको हो । एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।
विभाजन भएको २३ महिनापछि साझा र विवेकशील पुनः एकीकरण हुन लागेको हो । २७ पुस ०७५ मा यी दुई दल विभाजन भएका थिए ।
पुनः एकतापछि केन्द्रीय समितिमा दुबै पार्टीका तर्फबाट ६५-६५ जना गरी एक सय ३० जना सदस्य रहने छन् । पार्टीको चुनाव चिह्न तराजु राख्ने दुवै दलबीच सहमति भइसकेको छ । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्ने घोषणापत्रमा उल्लेख छ ।
यस्तो छ घोषणापत्रः