दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको छ ।  मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले दक्षिण कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

ती मन्त्रीका अनुसार दक्षिण कोरियाका लागि डा. कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र इजिप्टका लागि निर्मलराज सुवेदीको नाम सिफारिस भएको हो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com