बालुवाटारमा सर्वदलीय बैठक सुरु


प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामायिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरू सहभागि छन् ।

राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com