मानव बेचबिखनविरुद्ध सुझाव सङ्कलन सुरु


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा मानव बेचबिखन कार्य न्यूनीकरण गर्न समाजका विभिन्न तह तथा क्षेत्रका प्रतिनिधिसँग बुधबारदेखि सुझाव सङ्कलन सुरु गरेको छ ।

देशका विभिन्न क्षेत्रमा मानव बेचबिखनको अवस्था नजानिँदो तरिकाले वृद्धि हुन थालेपछि आयोगले यस क्षेत्रमा सुझाव सङ्कलन गर्न थालेको छ । करिब एक महिनाको अवधिसम्म जारी रहने उक्त कार्यक्रममा प्रशासक तथा वकिलसँग पनि परामर्श लिइनेछ ।

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका प्रवक्ता मोहना अन्सारीले विभिन्न सञ्चारमाध्यममा नयाँ तरिकाले मानव बेचबिखनमा देखिएको जोखिमका समाचारले त्यहाँ भएका कमजोरीलाई समेटेर प्रतिवेदन बनाउने र नीतिनिर्माणमा सहयोग गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञ प्रा डा गोविन्द सुवेदीले मनोरञ्जन क्षेत्र महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयअन्तर्गत मानव बेचबिखनविरुद्धको राष्ट्रिय समिति तथा जिल्ला समितिको निष्क्रियता देखिएको बताउँदै सरकारले श्रमका लागि विदेश जाने कामदारको सुरक्षाका लागि विभिन्न सात मुलुकमा सम्झौता गरेको भए पनि त्यहाँ अनुगमन हुन नसकेको बताउनुभयो ।

दिगो विकासका लागि सञ्चार क्षेत्रको परिचालन नामक संस्थाका अध्यक्ष रुपा शर्मा ९नेहा०, जनअधिकार मञ्चका अध्यक्ष शतिश शर्मा, सामाजिक रुपान्तरणका लागि युवा नेपालका संयोजक भिक्ट्री थापा, विश्वास नेपालका अध्यक्ष तारा भण्डारीलगायतले वैदेशिक रोजगारीका नाममा जाने श्रमिक बेचबिखनको जोखिममा रहेको बताउँदै मनोरञ्जन क्षेत्रमा कार्यरत ससाना बालबालिका पनि बेचबिखनमा परेकाले उनीहरुको मानवअधिकार संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com