अपडेट : इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या १२०, ३६८ जना घाइते


प्रकाशित मिति : भाद्र ८, २०७३ बुधबार

इटलीमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या १२० पुगेको र ३६८ जना घाइते भएको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । कैयन व्यक्ति अझै भग्नावशेषहरुमा पुरिएको जनाइएको छ ।  भूकम्पमा हजारौं घरबारबिहिन भएको रोयटर्सले जनाएको छ । मध्य इटलीमा गएको भूकम्प ६ दशमलव २ रेक्टर स्केलको भएको युएस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पमा कैयन व्यक्ति भत्केका घरहरुभित्र फसेका थिए ।

स्थानीय समय अनुशार विहान ३ बजेर ३६ मिनेटमा भूकम्प गएको थियो ।

मध्य इटालियन शहर अकुमोलीमा पुरिएर एउटै घरका चारजनाको ज्यान गएको छ । ९ बर्ष र ८ महिनाका दुईजना बच्चाहरु उनीहरुका बाबुआमासँगै घरभित्र पुरिएका थिए । उद्दारकर्ताहरुले ८ महिनाको बच्चालाई कम्बलमा बेरेको अवस्थामा शव फेला पारेका थिए । बालककी हजुरआमाले रुदै भनिन् – ‘भगवानले सबैजनालाई एकैपटक लग्यो ।’

उद्दारका लागि सरकारले २६५ मिलियन डलरको आपतकालिन रकम निकाशा गरेको छ भने सेना परिचालन गरिएको छ । भूकम्पबाट इटलीका कैयन ऐतिहासिक शहरहरु ध्वस्त भएका छन् । अकुमोलीका मेयरका अनुशार त्यसक्षेत्रमा २५ सय भन्दा धेरै व्यक्ति घरबारबिहिन भएका छन् ।

ठूलो भूकम्पको झण्डै एकघण्टापछि ५ दशमलव ५ म्याग्निच्युटको पराकम्प गएको थियो । सन् २००९ मा इटलीमा गएको भूकम्पमा ३ सय भन्दा धेरैको ज्यान गएको थियो ।

People walk along the road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

People stand along the road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

People stand along a road following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

Rescuers works after a quake hit Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

A woman (2nd L) cries after been rescued from her home following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli TPX IMAGES OF THE DAY

A man is carried away after having been rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

Rescuers carry a person on a stretcher following a quake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

A bust is seen on the ground following an earthquake in Accumoli di Rieti, central Italy, August 24, 2016. REUTERS/Steve Scherer

A man is rescued alive from the ruins following an earthquake in Amatrice, central Italy, August 24, 2016. REUTERS/Remo Casilli

तस्विरहरु : रोयटर्स

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com