जिम्मेवारी बोध गरी राजीनामा फिर्ताः उपप्रधानमन्त्री निधि


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस मुद्दाको सम्बोधन, संविधान संशोधन, स्थानीय निर्वाचन र देश र जनताको आवश्यकताको जिम्मेवारीलाई ध्यानमा राख्दै मन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिएको बताउनुभएको छ ।
जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता र प्रहरी महानिरीक्षकको सन्दर्भमा आफ्नो असहमति भएपछि राजीनामा दिएपछि नेपाली काँग्रेसका सभापति र प्रधानमन्त्रीको आग्रह र राष्ट्रिय समस्याको संवेदनशीलतालाई दृष्टिगत गर्दै आफूले राजीनामा फिर्ता लिएको स्पष्ट गर्नुभयो ।
आफूले मन्त्री पदबाट राजीनामा दिएपछि मधेसी मोर्चाका नेताले राजीनामाका बारेमा पुनर्विचारको सुझाव दिएको उहाँले बताउनुभयो ।
एक प्रश्नको जवाफमा उपप्रधानमन्त्रीले महाअभियोग प्रस्ताव फिर्ताका बारेमा छलफल हुन सक्ने धारणा पनि राख्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

मधेसी नेताहरुले पनि मलाई फोन गरे । मेरो अडानको प्रशंसा गरे र अहिलेको समयमा तपाई गृहमन्त्री हुनुपर्ने आवश्यकता रहेको निधिको भनाई रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com