सन्दीप लामिछानेलाई कोरोना संक्रमण


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमार्फत् आफुलाई कोरोना भाईरसको संक्रमण भएको जानकारी गराएका हुन् ।

सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन् । सन्दीपले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको र चाडै मैदान फर्कने पनि बताएका छन् ।

यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com