ब्लग के हो ? ब्लगबाट पैसा कसरी कमाउने?


प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार

कमल धिताल

कमल धिताल

के तपाई आफ्नो लेखलाई घर बसी–बसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिने भएको हो ।

त्यसो भए ब्लग के हो?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन्। जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ। यसैले, त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब-ब्लग भनिन्छ, जुन छोटो ब्लग हो।

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ। प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टर्नेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण, व्यवसाय व्यवसायको प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् र विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ।

 

 व्लग कसरी बनाउने ?

 

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ ।

पहिला तपाईं निशुल्क ब्लग बनाउन यसमा क्लिक गर्नुहोस ।

त्यहाँ तपाईंले क्रिएट याेर ब्लग देख्न सक्नुहुन्छ त्यसमा क्लिक गर्नुहोस ।

तपाईं आफ्नो जिमेलको सहायतले अकाउन्ट खोल्नुहोस ।

अब आफ्नो ब्लगको नाम राख्नु होस .।

नाम राखिसकेपछी आफुलाई मनपर्ने टेम्प्लेट छान्नुहोस ।

अब तपाईंको ब्लगरमा निशुल्क ब्लग तयार भयो । यदी तपाईंलाई एच.टि.एम.एल को साधारण जानकारी छ भने यहाँले टेम्प्लेटलाई आकर्षक बनाउन सक्नुहुन्छ ।

अहिले मर्कन्टाइल .np दर्ता निशुल्क रुपमा गर्ने हुँदा आफ्नो नाम को डोमेनमा पनि यहाँले ब्लग बनाउन सक्नु हुन्छ । मर्कन्टाइल .np दर्ता गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस ।

जस्तै मैले यो मेरो ब्लग ब्लगर साईटमा बनाएको हो जसलाई मैले मर्कन्टाइल .np दर्ता गरेर आफ्नो नामको डोमनमा यसलाई ढालेको छु । तपाईंले पनि सोही अनुरुप आफ्नो डोमन लिन सक्नु हुन्छ ।

अब वर्डप्रेसको लागी हो भने तपाईंलाई केहि मात्रमा एच.टि.एम.एल जानकारी हुनु जरुरी छ । यदी तपाईंलाई एच.टि.एम.एल जान्कारी छैन भने पहिला निशुल्क वर्डप्रेसडट कम मा गएर ब्लग बनाउन सक्नु हुन्छ जुन अतन्त सजिलो छ । यो ब्लग वर्डप्रेसको साईटमा बनाएको हो जुन यहाँ ले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहनाअनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ । कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ । त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपाली मा ब्लग लेख्नुहुन्छ भने फेसबुकके इन्टान्ट अर्टिकलले नेपाली भाषा स्विकार गर्छ ।

 

पैसा कसरी कमाउन सकिन्छ त ?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ यदी तपाईंले अङ्रेजी भाषा छ भने एड्सेन्स तपाईंलाई राम्रो बिकल्प हुन सक्छ ।

यदी अङ्रेजी भाषाको ब्लगहो भने एड्सेन्स एप्लाई गर्न यहाँ क्लिक गर्नुहोस ।

आफ्नो ब्लगको ठेगाना दिएर एप्लाई गर्नुहोस । यदी एड्सेन्स पोलिसी अनुसार तपाईंको ब्लग छ भने एड्सेन्स अप्रुभ भएको म्यासेज तपाईंको ईमेलमा केहि दिनमा पठाउछ । एड्सेन्स अप्रुभ भएन भने एड्सेन्स पोलिसी अनुसार ढालेर पुन: एड्सेन्स एप्लाई गर्नु पर्छ ।

नेपाली भाषा छ भने फेसबूकको इन्स्टान्ट आर्टिकल अर्को आम्दानीको स्रोत हुन सक्छ ।

ब्लगगिङ सबन्धी अन्य जानकारी यो ब्लगमा गएर लिन सक्नु हुन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com