उपल्लो डोल्पामा दुई वर्षपछि चामल ढुवानीको प्रक्रिया शुरु


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

विगत दुई वर्षदेखि रोकिएको खाद्यान्न ढुवानी कार्य उपल्लो डोल्पामा बल्ल शुरु भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशले उपल्लो डोल्पामा खाद्यान्न ढुवानीका लागि बोलपत्र निकालेर ठेक्का लगाएपछि चामल ढुवानी कार्य अगाडि बढेको हो ।

उपल्लो डोल्पामा हिमपात शुरु हुनुभन्दा पहिला नै त्यहाँ खाद्यान्न ढुवानी कार्य पूरा गरिने बताइएको छ । राससबाट पटकपटक खाद्यान्न ढुवानीका विषयमा समाचार प्रकाशित हुँदै आएको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको छ ।

तीनवटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ । सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरी सम्बन्धित स्थानीय तहमा पुर्याइने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए ।

बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र से फोक्सोण्डो कोसाल्दाङसम्म चामल ढुवानी गर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कम्पनीले धोसम्म प्रतिक्विन्टल रु आठ हजार ४८०, ढारगाउँसम्म रु नौ हजार ४९० र साल्दाङसम्म रु १० हजार ९९५ मा चामल ढुवानी हुने जनाएको छ । गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोनाका कारण थप समस्या भएको थियो । गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो । कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ ।

यसअघि कम्पनीले काठमाडौँबाट सोझै चामल ढुवानी गर्दै आएको थियो । चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो । शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए । उनका अनुसार सस्तो चामल प्रतिक्विन्टल रु चार हजार ९०० र महँगो चामल रु छ हजार ६०० मा उपभोक्ताले किन्न पाउने छन् । हाल स्थानीयवासीले बजारबाट प्रतिक्विन्टल रु १२ देखि २० हजारसम्ममा किनेर चामल उपभोग गरिरहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com