डिसेम्बर भिसा बुलेटिन : २८२५ सम्म केस नम्बर हुने नेपाली डिभी विजेताले जनवरीमा भिसा पाउनसक्ने


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले डिसेम्बरको भिसा बुलेटिन जारी गर्दै डिभी विजेता नेपालीहरुलाई डिसेम्बरमा २७५० र जनवरीमा २८२५ केसमा सिमाबन्दी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण चालु आर्थिक बर्ष डिभी विजेताहरुले डिसेम्बरभर भिसा पाउनसक्ने सम्भावना नरहेपछि कार्यकारी आदेश नथपिएको खण्डमा उनीहरुले जनवरीमा भने भिसा पाउन सक्नेछन् । तर त्यसका लागि दूतावास खुल्न जरुरी छ ।

अमेरिकामा हुने डिभी विजेता नेपालीहरुले भने स्टाटस एड्जस्ट गर्न सक्नेछन् । अर्थात् अमेरिकामा हुने डिभी विजेता नेपालीहरुको केस नम्बर २८२५ भन्दा अगाडि नै छ भने उनीहरुले जनवरीमा आफ्नो स्टाटस एड्जस्ट गर्न सक्नेछन् ।

जनवरीका लागि तोकिएको केस नम्बर

जनवरीपछि कार्यकारी आदेश नथपिएको खण्डमा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा योग्य ठहर गरिएका केस नम्बर हुनेहरुले प्राथमिकताका आधारमा भिसा पाउन सक्नेछन् । भिसा जनवरी अगाडि प्राप्त नहुने भएतापनि त्यस अगाडिका सबै प्रकृया पूरा गरेर आफ्नो आवेदन भिसा अन्तरवार्ताका लागि तयार राख्न कानुन व्यवसायीहरुले सुझाव दिएका छन् ।

डोनाल्ड ट्रम्पको कार्यकाल जनवरी २० सम्म कायम रहने भएकाले त्यो अगाडि ट्रम्पले कार्यकारी आदेशको अवधि लम्बाउन सक्नेसमेत सम्भावना रहेको छ । जो बाइडेनले कार्यभार सम्हालेपछि भने ट्रम्पका कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् ।

डिसेम्बरका लागि तोकिएको केस नम्बर

पासपोर्ट अनिवार्य गरिएपनि २०२१ को डिभी लोटरी कार्यक्रममा ६ लाख ८८ हजार ५ सय २ जना नेपालीहरु सहभागी भएका थिए । प्राथमिक आवेदन दिने नेपालीहरु ४ लाख २१ हजार ७ सय ६५ जना रहेका थिए । उनीहरुका २ लाख ६६ हजार ७३७ परिवारका सदस्यहरुसहित सहित ६ लाख ८८ हजार ५ सय २ नेपालीहरु सन् २०२१ को डिभी कार्यक्रममा सहभागी भएका थिए ।

उनीहरुले गत बर्षको अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरीका लागि आवेदन दिएका थिए । ४ लाख २१ हजार ७ सय ६५ जना आवेदकहरुमध्ये डिभी लोटरीका लागि भने जम्मा ३८०१ जना नेपालीहरु छनौट भएका थिए ।

आर्थिक बर्ष २०२२ का लागि यही अक्टोबर ७ देखि नोभेम्बर १० सम्म डिभी लोटरी भरेकाहरुको नतिजा नतिजा सन् २०२१ को मे ८ मा आउनेछ । उनीहरुले सन् २०२१ को अक्टोबरबाट भिसा पाउन सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com