काठमाडौँ जिल्लामा उत्साहपूर्वक उम्मेदवारी दर्ता


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मुलुकको राजधानी काठमाडौँ जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आज बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता तालिका सार्वजनिक गरेको छ ।

झन्डै दुई दशकपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । काठमाडौँमा जिल्लामा नगर प्रमुख, उपप्रमुख र सदस्य गरी निर्वाचन हुने जम्मा ७१२ पदमा विभिन्न दल तथा स्वतन्त्र गरी धेरैको उम्मेदवारी परेको छ ।

जिल्लामा एक महानगरपालिका र १० नगरपालिका छन् । काठमाडौँ महानगरपालिका तथा नागार्जुन, शङ्खरापुर, गोकर्णेश्वर, दक्षिणकाली, ताकरेश्वर, कागेश्वरी मनहरा, चन्द्रागिरि, टोखा, कीर्तिपुर र बुढानीलकण्ठ नगरपालिकामा जम्मा १३८ वडा रहेको क्षेत्रीय निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षेत्रीय निर्वाचन अधिकारी चन्द्र गौतमका अनुसार काठमाडौँका एक महानगर र १० नगरपालिकामा एक प्रमुख तथा एक उपप्रमुख गरी २२ पदमा निर्वाचन हुँदैछ । त्यस्तै सबै नगरपालिकाका जम्मा १३८ वडामा एक अध्यक्ष तथा चार सदस्य गरी ६९० पदमा निर्वाचन हुन लागेको हो ।

राजनीतिक दलहरुले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधानअनुसार दलहरुले प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिलाको उम्मेदवारी दिएका छन् ।

निर्वाचनका लागि काठमाडौँमा सबैभन्दा बढी ४७ दल दर्ता भएकाले अन्य जिल्लाको तुलनामा यहाँ बढी उम्मेदवारी दर्ता भएको छ । जिल्लाका सबै तहमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

जिल्लाका एक मुख्य निर्वाचन अधिकृतको कार्यालय र १० निर्वाचन अधिकृतहरूको कार्यालयमा मनोनयन दर्ता गर्ने उम्मेदवार तथा तिनका समर्थकको बाक्लो घुइँचो छ । काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र रहेको र जम्मा पाँच लाख ५९ हजार ४०० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि तीनवटै प्रदेशमा गरी चारवटा महानगरपालिका, एक उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख र सदस्य तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र सदस्य पदका लागि आज मनोनयन दर्ता भएको छ ।

काठमाडौँ महानगरमा प्रमुख दलका उम्मेदवार को ?

नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिकाको प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गीलाई उम्मेदवार बनाएको छ ।

नेकपा एमालेले काठमाडौँ महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ । प्रमुखमा एमालेले विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ भने र उपप्रमुखमा राप्रपाका राजाराम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रले काठमाडौँ महानगरपालिकाको प्रमुखमा सर्वोत्तम डङ्गोल र उपप्रमुखमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com