बाइडेनको विजयमा अवरोध गर्न ट्रम्प पक्षधरबाट ४ राज्यमा दर्ता गरिएका मुद्दा फिर्ता


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको विजयमा अवरोध गर्न ट्रम्प पक्षधरका तर्फबाट कम्तीाम ४ राज्यमा दर्ता गरिएका मुद्दा सोमबार फिर्ता गरिएको छ । ती मुद्दाहरु जर्जिया, विसकन्सिन, मिसिगन र पेन्सिभेनियाका संघीय अदालतहरुमा दर्ता गरिएको थियो ।

ती मुद्दाहरु संघीय अदालतहरुमा अगाडि नबढ्ने भएपछि मुद्दा दर्ता गराउनेहरुले ती मुद्दाहरु परित्याग गरेका हुन् । डोनाल्ड ट्रम्पले पराजय अस्वीकार गर्दै कानुनी लडाई जारी रहेपनि ट्रम्पको कानुनी लडाई कमजोर बन्दै गएको छ भने अदालतमा रहेका मुद्दाको संख्या घट्दै गएको छ ।

संघीय अदालतमा मुद्दा दायर गर्नका लागि आवेदकहरुले सवैधानिक दावीहरु गर्न नसकेको भन्दै संघीय अपिल कोर्टले बताएलगत्तै संघीय अदालतहरुमा दायर गरिएका मुद्दाहरु निकम्मा बन्दै गएका हुन् । राज्यका अदालतहरुमा दायर गरिएका मुद्दामा पनि धाँधलीको कुनै प्रयाप्त प्रमाण नभएको भन्दै न्यायाधिसहरुले एकपछि अर्को अस्वीकार गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुद्दामा संलग्न कैयन वकिलहरुलाई अदालतका तर्फबाट सुचित गर्दै यदि उनीहरुले स्वयंसेवीरुपमा ती मुद्दाहरु फिर्ता लिन चाहेको खण्डमा लिनसक्ने जानकारी गराइएको थियो । तीमध्ये कम्तीमा ४ वटा मुद्दाको प्रतिनिधित्व मिसिगन र पेन्सिलभेनियामा रुढीवादी वकिल जेम्स बपले गरेका थिए ।

शुक्रबारमात्र बाइडेनको विजयमाथि धावा बोल्दै दायर गरिएका अरु ९ वटा मुद्दाहरु अस्वीकार वा फिर्ता गरिएका थिए । ट्रम्प अभियानले एरिजोनामा दायर गरेको मुद्दा फिर्ता लिएको थियो भने पेन्सिलभेनियामा दायर गरिएका ६ वटा मुद्दामा पराजय भोगेको थियो । त्यस्तै मिसिगनमा पनि उनीहरुले मुद्दा हारेका थिए ।

पेन्सिलभेनियाको संघीय अदालतमा मंगलबार एउटा मुद्दाको सुनुवाई तय गरिएको छ । अनुपस्थीत मतपत्रहरुको सन्दर्भलाई लिएर उक्त मुद्दा दर्ता गराइएको थियो । अमेरिकामा सबै राज्यको नजिता आएर बाइडेनले चुनाव जितिसकेपछि पनि ट्रम्पले आफ्नो पराजय अस्वीकार गर्दै आएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com