अमेरिकामा भाइटिकाको सबैभन्दा उत्तम साइत आज ११ बजे


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

नेपालमा भाइटिका सम्पन्न भएको छ भने अमेरिकामा आज लगाइदै छ । न्युयोर्कमा भाइटिकाको उत्तम साइत न्युयोर्क समय आज सोमबार विहान ९ बजेर ५९ मिनेटदेखि ११ बजेर १३ मिनेटसम्म रहेको पण्डित ज्योतिष उद्धव शास्त्रीले जानकारी दिनुभयो ।

त्यसमा पनि सबैभन्दा उत्तम बेला ११ बजेको समय रहेको उहाँले बताउनुभयो । त्यो बेला नभ्याएमा १ बजेर २४ मिनेटदेखि २ बजेर ५६ मिनेटसम्म भाइटिका लगाउन शुभ छ ।

भाइटिकाको दिनमा मृत्युवाण पनि भाइटिका एउटा पर्व भएकाले मृत्युवाणको विचार गर्न नपर्ने शास्त्रीले जानकारी दिनुभयो । ब्रतबन्ध गर्दा रोगबाण, घर छाउँदा अग्नीवाण, लामोयात्रा गर्दा चोरवाण र विवाह गर्ने समयमा मृत्युवाण हेर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो । मृत्युवाण मृत्युयोग नभएको उहाँले स्पष्ट पार्नुभयो ।

ज्यो. पं. उद्धव शास्त्री

भाइटिका एउटा पर्व भएकाले मृत्युवाणको विचार गर्न नपर्ने र ढुक्कसाथ भाइटिका गर्नसकिने उहाँले बताउनुभयो । मृत्युवाण र बुधबार एकसाथ परेमा भने त्यो दिन विवाह नगर्ने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाइटिकाको तिथी अमेरिकामा पनि सोमबार राती ८ बजेर २३ मिनेटसम्म चल्ने भएकाले नेपालमा भाइटिका लगाएपछि अमेरिकामा भाइटिका लगाउन सकिने भएको हो । भाइटिकाको तीथिको सुरुमा नेपालमा मनाउने र अमेरिकामा मनाउँदा तीथिको पछिल्लो भाग हुने उहाँले बताउनुभयो ।

नेपालमा सोमबार ९ बजेर १२ मिनेटपछि भाइटिकाको कात्तिक शुल्क द्वितीया सुरु भएको छ भने अमेरिकामा सोमबार राती ८ बजेर २३ मिनेटसम्म बस्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com