हङकङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी हुँदा ८ जनाको मृत्यु, एनआरएनए अध्यक्षबाट श्रद्धाञ्जली


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा मृतक नेपालीको संख्या ८ पुगेको छ । याउमातेइस्थित रेष्टुरेन्टमा भएको आगलागीमा एक बच्चासहित चार पुरुष र तीन महिलाको सनाखत नभएको जनाइएको छ ।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा परी अरु ११ जना घाइते भएका छन् । आगलागीमा पर्नेहरु ८ बर्षदेखि ४८ बर्षसम्मका छन् ।

घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट भाग्दै गरेको देखिएको थिए।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए । घाइतेलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको छ।

बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको जनाइएको छ ।

एनआरएनए अध्यक्षबाट श्रद्धाञ्जली

यसैबीच एनआरएनए अध्यक्ष कुमार पन्तले आठजना नेपालीको दुःखद निधन भएको समाचारले मर्माहत बनाएको भन्दै दुःखद घडीमा मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्त

घटनामा गैरआवासीय नेपाली संघले उद्धार, राहत र दुवैतर्फका सरकारसँग संयोजनको पहल गरिरहेको उहाँको भनाइ छ । संघको राष्ट्रिय समन्वय परिषद, हङकङका अध्यक्ष टीका गुरुङ अहिले घाइतेहरु रहेको अस्पतालमा रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com