नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार

नेपालमा थप १ हजार ४७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४७७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ७३ हजार ३४० जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । क्वारेन्टिनमा भने १०२१ जना रहेका छन् ।

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com