विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो


प्रकाशित मिति : कार्तिक ३०, २०७७ आईतबार

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ ।

साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ ।

उक्त तथ्यांकमा अमेरिकामा मात्र २ लाख ५१ हजार जना व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति संक्रमित भएको देश भारत हो ।भारतमा मात्र ८८ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । भारतमा यस संक्रमणबाट एक लाख २९ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा भारतपछि धेरै संक्रमित पुगेका छन् । यहाँ करिब ५८ लाख संक्रमित भएका छन् भने यसमध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।उता यूरोपेली मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या पछिल्लो समयमा बढेको जनाइएको छ । यसैले ती देशमा पछिल्ला समयमा कडा प्रतिबन्धहरु लगाइएको छ । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com