साहित्यकारलाई सम्मान: रमेश विकलको पूर्ण कदको शालिक अनावरण


प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार

वरिष्ठ आख्यानकार रमेश विकलको पूर्ण कदको शालिकको शनिवार अनावरण गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले विकलको ९२ औं जयन्तीको अवसरमा उहाँको पूर्ण कदको शालिकको अनावरण गर्नु भएको हो ।

गोकर्णेश्वर नगरपालिकाको १५ लाख रुपैया आर्थिक सहयोगमा कलाकार लक्ष्मण भुजेलद्धारा निर्मित शालिक गोकर्णेश्वर–९ स्थित रमेश विकल साहित्य प्रतिष्ठान प्रांगणमा राखिएको छ । शालिक अनावरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले साहित्यिक विकासका लागि नगरपालिकाले उदाहरणीय कामहरु गरिरहेको जानकारी दिनुभयो ।

आगामी दिनमा पनि नगरपालिका भित्र रहेका साहित्यिक संघ संस्थाहरुको सुदृढिकरणका लागि सहयोग जारी राख्ने प्रतिबद्धता नगरप्रमुख चालिसेले व्यक्त गर्नुभयो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल लगायतका वक्ताहरुले नगरपालिकाले साहित्य लगायतका विविध क्षेत्रमा गरिरहेको काम बारे प्रकाश पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष के.के कर्माचार्य, स्रष्टाहरु डाक्टर विदुर चालिसे, शान्ति रिसाल, महेन्द्र चालिसे, विमल अर्याल लगायतले नेपाली साहित्यमा विकलको योगदानका बारेमा चर्चा गर्नु भएको थियो । प्रतिष्ठानका महासचिव विजय चालिसेले साहित्य सँगै संगीत, चित्रकला तथा समाजसेवामा स्थापित रमेश विकलको स्मृतिलाई चीरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो ।

सोही अवसरमा अभिनव साहित्य समाजले केही समय आयोजना गरेको विकल बाल प्रतिभा कविता प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरियो । प्रतियोगितामा क्रमश विभूति अधिकारी, इन्दिरा थापा र सदिस्मा अधिकारी पहिलो, दोस्रो र तेस्रो भएका थिए ।

यसअघि आरुबारी चोकमा रहेको चालिसेको अर्धकदको शालिकमा प्रतिष्ठानका पदाधिकारीहरु सहित स्थानीय बुद्धिजीवी तथा साहित्यप्रेमीहरुले माल्र्यापण गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com