नेपालमा भएका अमेरिकी नागरिकलाई डिसेम्बर २ का लागि अमेरिकी राजदूतको निम्ता


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

आगामी डिसेम्बर २ मा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीको आयोजनामा नेपालमा रहेका अमेरिकी नागरिकको सहभागितामा भर्चुअल टाउन हल बैठक गरिने भएको छ । दिउसो ३ बजेदेखि ४ बजेसम्म हुने उक्त भर्चुअल टाउनहलमा उपस्थीतिका लागि नेपालमा रहेका सबै अमेरिकी नागरिकहरुलाई निमन्त्रणा गरिएको छ ।

अमेरिकी नागरिकता लिएका नेपालमा रहेका नेपाली अमेरिकनहरु पनि टाउनहलमा सहभागी हुनसक्नेछन् । तर सहभागी हुनका लागि नोभेम्बर २७ सम्म आफ्नो नाम र पासपोर्ट नम्बर दूतावासको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ ।

अमेरिकी दूतावास काठमाडौं

इमेल पठाइसकेपछि कार्यक्रमका लागि थप जानकारी र लग इन कोड पठाइने जनाइएको छ । अमेरिकी नागरिक तथा उनीहरुका दम्पत्ति र छोराछोरीहरुले भर्चुअल टाउनहलमा सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रममा सहभागीहरुलाई राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ । साथै कन्सुलर प्रमुख, अमेरिकी नागरिक सेवा प्रमुख, क्षेत्रीय सुरक्षा अधिकारी र मेडिकल युनिटले समेत सम्बोधन गर्ने कार्यक्रम रहको छ । विगतका यो कार्यक्रम राजदूत निवासमा हुँदै आएकोमा यसपटक भर्चुअल रुपमा गर्न लागिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com