कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित १० देश


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

कोरोनाभाइरसको संक्रमणबाट विश्व नै आक्रान्त बनिरहेको छ । गत डिसेम्बरमा चीनको हुवेई प्रान्तबाट फैलिएको सो भाइरसबाट अहिले सम्म ५ करोड २४ लाख बढी संक्रमित भैसकेका छन् ।

वर्ल्डोमिटरका अनुसार बिहिबार बिहानसम्म विश्वभर कुल संक्रमितको संख्या ५ करोड २४ लाख २१ हजार १ सय ३२ रहेको छ । १२ लाख ८८ हजार ८ सय ९५ जनाको मृत्यु भैसकेको छ भने ३ करोड ६६ लाखबढी संक्रमित उपचारपछि निको भैसकेका छन् ।

चीनबाट इटली हुँदै फैलिएको कोरोनाभाइरस अहिले विश्वको २ सय १७ देशमा फैलिएको छ ।

कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित देश:-

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१. कोरोनाबाट अहिलेसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित बनेको छ । अहिलेसम्म अमेरिकामा १ करोड ७ लाख बढी संक्रमित रहेका छन् । २ लाख ४७ हजार ३ सय ९७ जनाको मृत्यु भैसकेको छ भने ३८ लाख १५ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

२. कोरोनाबाट दोस्रो धेरै प्रभावित देश हो, भारत । अहिलेसम्म भारतमा ८६ लाख ८४ हजार बढी संक्रमित भैसकेका छन् । जसमा १ लाख २८ हजार १ सय ६५ जनाको मृत्यु भैसकेको छ । ८० लाख उपचारपछि निको भैसकेका छन् ।

३. दक्षिण अमेरिकी मुलुक ब्राजिलमा अहिलेसम्म ५७ लाख ४९ हजार बढी संक्रमित भैसकेका छन् । जसमा १ लाख ६३ हजार ४ सय ६ जनाको मृत्यु भैसकेको छ । ५ लाख २१ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

४. फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित रहेको युरोपेली देश हो । अहिलेसम्म यहाँ १८ लाख ६५ हजार बढी संक्रमित भैसकेका छन् भने ४२ हजार ५ सय बढीको मृत्यु भएको छ ।

५. रसिया पनि कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये पर्दछ । अहिलेसम्म यहाँ १८ लाख ३६ हजार बढी संक्रमित भैसकेका छन् भने ३१ हजार बढी मृत्यु भैसकेको छ । ४ लाख ३६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

६. स्पेन कोरोनाबाट धेरै प्रभावित हुनेको सूचीमा छैटौं स्थानमा रहेको छ । यहाँ अहिलेसम्म १४ लाख ६३ हजार संक्रमित भैसकेका छन् । ४० हजार १ सय ५ जनाको मृत्यु भैसकेका छ ।

७. अर्जेन्टिनामा कोरोनाभाइरसबाट अहिलेसम्म १२ लाख ७३ हजार बढी संक्रमित रहेका छन् । जसमा १० लाख ८१ हजार बढी उपचारपछि निको भैसकेका छन् भने ३४ हजार ५ सय बढीको मृत्यु भैसकेको छ ।

८. बेलायत कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये एक हो । १२ लाख ५६ हजार बढी संक्रमित रहेको बेलायतमा ५० हजार बढीको मृत्यु भएको छ ।

९. कोलम्बियामा अहिलेसम्म ११ लाख ६५ हजार बढी संक्रमित भैसकेका छन् । ३३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । ६१ हजार सक्रिय संक्रमित रहेका छन् ।

१०. इटली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशमध्ये एक हो । यहाँ अहिलेसम्म १० लाख २८ हजार बढी संक्रमित रहेका छन् । जसमा ४२ हजार बढीको मृत्यु भएको छ । ३ लाख ७२ हजार बढी उपचारपछि निको भैसकेका छन् ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com